एनसीसी बैंकले आरिफ र रोहितलाई मासिक २५ हजार दिने | Khabarhub Khabarhub

एनसीसी बैंकले आरिफ र रोहितलाई मासिक २५ हजार दिने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी आरिफ शेख र रोहित कुमार पौडेललाई नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो सद्भावना दूत बनाएको छ ।

बुधबार बैंकले राजधानीमा पत्रकार सम्मेलन गरि बैंकले क्रिकेट खेलाडीलाई २ वर्षका लागि सद्भावना दूत बनाएको जानकारी दिएको हो ।

सद्भावना दूत घोषित युवा खेलाडीले बैंकमार्फत् मासिक २५ हजार रुपैयाँ पाउने बैंकका सिईओ रमेशराज अर्यालले बताए । नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफतलासँगै खेलाडीहरु विभिन्न बैंकको सद्भावना दूत घोषणा भइरहँदा आरिफ र रोहित एनसीसीसँग आवद्ध भएका हुन् ।

बैंकको सेवा विस्तारको क्रमलाई निरन्तरता दिनेक्रममा खेलाडीहरुलाई सद्भावना दूत बनाएको र उनीको पनि साथ र सहयोग मिल्ने सिईओ अर्यालले जनाए ।

सद्भावना दूत भएका आरिफ र रोहितले आफूहरुलाई बैंकले दिएको अवसर प्रति धन्यवाद दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ३६ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।