फिल्म दर्शकका लागि बनाइन्छ, समीक्षकलाई होइन: रमेश उप्रेती | Khabarhub Khabarhub

फिल्म दर्शकका लागि बनाइन्छ, समीक्षकलाई होइन: रमेश उप्रेती


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै जमानाका चर्चित अभिनेता उप्रेती पछिल्लो समय फिल्ममा त्यति सक्रिय छैनन् । तर, उनलाई दर्शकले भुलिसकेका भने छैनन् । यसअघि फिल्म ‘ऐश्वर्य’ मा देखिएका उप्रेती पछिल्लो समय फिल्मको प्रिमियरमा फाटफुट भेटिन्छन् ।

मंगलबार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को ‘शो’ मा सीमित कलाकारलाई आमन्त्रण गरिएको थियो । फिल्म हेर्न अभिनेता उप्रेती पनि आएका थिए ।

‘क्याप्टेन’ हेरिसकेपछि उप्रेतीले यो फिल्मले आफ्नो मन जितेको र विषयवस्तुका हिसाबले पनि फिल्म उत्तिकै ‘टफ’ भएको प्रतिक्रिया दिए ।

समीक्षात्मक दृष्टिले भने यो फिल्मलाई ‘फ्लप फिल्म’ भनिएको थियो । यद्यपि व्यापारको हिसाबले ठीकै व्यापार गरेको वितरकले दाबी गरेका छन् ।

अभिनेता उप्रेतीले भने यो फिल्मलाई समीक्षात्मक रुपमा नराम्रो भए पनि मास अडियन्सलाई फिल्म मन पर्ने धारणा राखे ।

‘सिनेमा दर्शकलाई बनाइन्छ, समीक्षकका लागि होइन, मेरो बुझाइमा मासले माया गर्छ, समीक्षकले होइन, समीक्षकले गर्दा सिनेमा चल्ने होइन ।’, उप्रेतीले भने ।

उनले यो फिल्म हेरेर आफूलाई मन परेको बताए । ‘सिनेमा मैले हेरेँ, यो राम्रो फिल्म लाग्यो, विषय आफैमा गहन विषय हो, यस्तो विषयमा फिल्म बनाउनु नै चुनौती हुन्छ ।’, उनले अगाडि थपे ।

‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनील थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ३५ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन