ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली | Khabarhub Khabarhub

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी–  बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि बुधबार बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ ।

सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार गरेको बताइएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश चौधरीले ४८ पुरुष र ६० महिलालाई घर घरमा पुगेर चेक जाँचसहित उपचार गरेको जानकारी दिए ।

उपचारका लागि गाउँमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई र फेज नेपालबाट तीन गरी पाँच स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको ३ नंका वडाध्यक्ष रामबहादुर बोहराले बताए ।

सिङ्गो गाउँलाई नै उपचार गरिएको अध्यक्ष बोहराले जानकारी दिए । उक्त क्षेत्रका अधिकांश भाइरल ज्वरोको सङ्क्रमणमा परेका फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ३९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६