को हुन् जन्मकैद पाउने निलम्बित ‘सांसद’ रेशम चौधरी ? | Khabarhub Khabarhub

को हुन् जन्मकैद पाउने निलम्बित ‘सांसद’ रेशम चौधरी ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले चौधरीलाई टिकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

२०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

को हुन् चौधरी ?

कैलाली जिल्लाको साविकको देगौली गाविसमा २०३४ साल असोज २१ गते रेशम चौधरीको जन्म भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहेका थिए ।

साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारितासमेत गरेका थिए ।

बर्दियामा फूलबारी एफएफ समेत सञ्चालन गरेका चौधरीको टीकापुर घटनाका क्रममा एफएममा आगजनी भएको थियो । घटनामा भएको क्षतिको उनले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए ।

कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला चौधरीले संसद्को चुनावमा भाग लिएर विजयी भएका थिए।

कैलाली क्षेत्र नम्बर १ बाज राजपाका सांसदका उम्मेदवार बनेका चौधरी अत्याधिक मतसहित सांसद पदमा विजयी भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

डिल्लिबजार कारागारमा रहेको अवस्थामा नै सांसद चौधरीले सांसद पदको शपथ लिएका थिए ।

शपथपछि पनि जेलमै रहेका चौधरीलाई अदालतले बुधबार जन्मकैदको फैसला गरेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  २ : २२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको