रेशम चौधरीलाई जन्मकैदको सजाय | Khabarhub Khabarhub

रेशम चौधरीलाई जन्मकैदको सजाय


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– टीकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशमलाल चौधरीले जन्मकैदको सजाय पाएका छन् ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्यकाण्डको मुद्दामा फैसला सुनाउँदै चौधरीलाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशले रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृज मोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

जन्मकैदको फैसला सुनाइएकामध्ये श्रवण चौधरी नावालक रहेकाले उनलाई १० वर्ष कैद सजाय हुने अदालतले ठहर गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : ४७ बजे

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत