आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने | Khabarhub Khabarhub

आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ ।

मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो ।

मंगलबारको अदालती समय सकिएका कारण बुधबार बयान हुने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलम पक्षका कानून व्यवसायीहरुले आफूहरुले अभियोग पत्र र मुद्दासँग सम्बन्धित मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै बयान स्थगित गर्न माग गरेका थिए ।

पछि, ८३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर आलमका कानून व्यवसायीलाई उपलब्ध गराइएको थियो ।

आलमका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल पाएपछि दिउँसो ३ बजेर २० मिनेटबाट पुनः बयान लिन थालिएको थियो ।

बयानको शुरुवाती चरणमा जिल्ला न्यायाधीश दीपक ढकालले आलमको परिचय र उनको पारिवारिक पृष्ठभूमिबारे मात्रै प्रश्न गरे ।

‘आज आलमको बयानले विषयबस्तुमा प्रवेश नै गर्न पाएन । उनको परिचय र पारिवारिक पृष्ठभूमिको विषय मात्रै रेकर्ड गर्न पाइयो,’ जिल्ला अदालत रौतहटका श्रेस्तेदार पराजुलीले भने, ‘बुधबार बिहान १० बजे उपस्थित गराउने गरी उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको छ ।’

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा विस्फोटक पदार्थ ओसारपोसार तथा उत्पादन गरेको अभियोगमा सोमबार जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहितका १० जनाविरुद्ध अभियोग पत्र दायर गरेपनि अरु भने फरार छन् ।
सरकारी वकिलले आलमसहितका अभियुक्त विरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : २६ बजे

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री