आज देशका केही ठाउँमा पानी पर्ने, हिमपातको पनि सम्भावना | Khabarhub Khabarhub

आज देशका केही ठाउँमा पानी पर्ने, हिमपातको पनि सम्भावना


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात पर्ने सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ
कात्तिक १९ गते (मंगलबार)
दिउँसो : देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने छ । देशका पूर्वी र मध्य पहाडी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक २० गते (बुधबार)
दिउँसो : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कात्तिक २१ गते (बिहीबार)
दिउँसो : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति : देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ३१ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।