हजारौं महिलालाई 'नर्मल डेलिभरी' गराउने नर्स विना | Khabarhub Khabarhub

हजारौं महिलालाई ‘नर्मल डेलिभरी’ गराउने नर्स विना


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिवि शिक्षण अस्पताल टिचिङको वर्थिङ सेन्टरकी प्रमूख नर्स विना न्यौपाने नर्सिङ सेवामा लागेको ३० वर्ष भयो ।

उनी २०७१ सालदेखि टिचिङको वर्थिङ सेन्टरकी प्रमूखको रुपमा कार्यरत छिन् । उनी वर्थिङ सेन्टरमा प्रसूती गराउन आएकी महिलाहरुलाई सान्तोना दिदै प्रसूती गराउन तल्लिन हुन्छिन् । सबैलाई हसाँउने र खुलेर बोल्ने बानी छ, उनको । त्यहि बानीका कारण पनि वर्थिङ सेन्टरका अन्य नर्सिङ स्टाफ र सुत्केरी महिला पनि उनलाई देखेर खुसी हुन्छन् ।

आमाको मृत्युपछि बाबाले पनि छाडे

न्यौपानेलाई जन्मघर कहाँ हो भनेर कसैले सोध्यो भने उनी भावुक हुन्छिन् । किनकी उनी आफैलाई आफ्नो जन्मघर थाहा छैन, पछि आफन्त हुँ भन्दै आएकाहरुको अझैसम्म विस्वास लाग्दैन न्यौपानेलाई ।

विना ९ महिनाको हुँदा उनकी आमा वितिन् । बाबुले अर्को विवाह गर्न चाहे तर उनको काखमा विना थिइन् । पत्निको मृत्युपछि अर्को विवाह नर्ग बाधक बनिन् ९ महिनाकी विना ।

उनका बाबुले ९ महिनाकी विनालाई नक्सालमा रहेको अनाथ बालबालिका बस्ने बालमन्दिरमा लगेर छाडिदिए । उनी अर्की पत्निसँग नयाँ जीवन शुरु गरे ।

आमाको मृत्युका कारण विनाले बाबुको मायाबाट पनि वञ्चित भइन् । तर उनलाई त्यसको पश्चात र दुःख कहिल्यै भएन । किनकी विनाले जन्मदिने आमाबाबुको माया नपाएपनि कर्म दिने आमा र बाबु दुवै पाएकी थिइन् । उनी बालग्राममै भएपनि बाल्यकाल भने रमाइलो भएको उनको अनुभव छ ।

‘मेरो जीवन अरुको भन्दा फरक छ, वास्तवमा मलाई मेरो जन्मघर कहाँ हो थाहै छैन । म त बोलि पनि नफुट्दै देखि बालगृहमा पुगे, बालगृहमै हुर्किए, बालहृगबाटै विवाह भयो,’ न्यौपानेले भनिन्, ‘बाल्यकालमा दुःख, अभाव भोग्नुपरेन, बाबुआमा को माया पनि त्यहि पाए ।’

एसओएस बालग्राम घर र विद्यालय दुवै

९ महिनाको उमेरमा नक्सालको बालमन्दिरमा रहेकी न्यौपानेलाई डेढवर्षको उमेरमा भक्तपुरको एसओएस बालग्राममा सारियो ।

न्यौपानेले एसओएसकै विद्यालयमा ८ कक्षासम्म पढिन् । ८ कक्षापछि उनले भक्तपुरको आर्दश माध्यविक विद्यालयमा पढिन् । न्यौपानेले आर्दश माविबार्ट एसएलसी उत्तिण गरिन् ।

चाडपर्वमा अरुका आफन्तआउँदा नरमाइलो लाग्थ्यो

एसओएस बालग्राममा धेरजस्तो आमा नभएका बालबालिकाहरुलाई संरक्षणमा राखिएको थियो । अन्य समयमा बालग्राममा रहेका सबैजनासँगै बस्ने, खाने र पढ्ने गरेपनि स्कुल विदा र चाडपर्वको समयमा न्यौपानेका साथीहरुलाई घरबाट आफन्तहरु लिन आउथें ।

घरमा आमा नभएपनि बाबु तथा अन्य आफन्तसँग साथीहरु खुसी हुँदै जान्थें । तर, न्यौपानेलाई चाडबाडमा समेत लिन आउने कोही थिएन । सबैजना खुसी हुँदै आफन्तसँग बालग्राम बाहिर जाँदा न्यौपानेको मन अमिलो हुन्थ्यो ।

उनको पीडालाई कम गर्न चाडबाडमा सबै आफ्नो घर गएपछि न्यौपानेलाई संस्थाकै सञ्चालकले आफ्नै घर लग्थिन् ।

‘अरुबेला बाल रमाइलो भएपनि चाडपर्वमा चाँहि कताकता मन अमिलो हुन्थ्यो, प्राय आमा नभएकाहरुलाई बालग्राममा राखिएको थियो, अरुको त आमा नभएपनि बुबा, मामा, काकाहरु लिन आउथें तर मलाई कोही पनि लिन आउँदैनथें, त्यतिबेला मेरो त कोहीछैन जस्तो लाग्थ्यो,’ न्यौपानेले सम्झिन्, ‘सबै आफ्नै आफन्तसँग गएपनि बालग्रामको ममीले मलाई यसको कोही छैन भनेर आफ्नै घरमा लानुहुन्थ्यो ।’

१८ वर्षमा पहिलो पल्ट बुबा देखे, तर आफ्नोजस्तै लागेन

बालग्राममै हुर्किएकी न्यौपानेले १८ वर्षको उमेरमा पहिलो पल्ट आफ्नो जन्मदिने बाबुलाई देखिन् । ९ महिनामा विवाह गर्न छोरी त्यागेका बाबुले १८ वर्षपछि देख्नेवित्तिकै छोरी चिने तर न्यौपाने भने अचम्ममा परिन् ।

‘म ललिपुरमा नर्सिङ पढ्दा १८ वर्षको हुँदा पहिलोपल्ट बुबा देख्न पाए, ललितपुरमा होस्टेलमै बस्थें शुक्रबार मात्रै बालग्राम जान्थें, एकदिन शुक्रबार बालग्राम पुग्दा बुबा आउनुभएको रहेछ,’ न्यौपानेले पहिलोपटक बुबालाई देखेको दिन सम्झिन्, ‘बालग्रामको ममीले बुबा हुँ भनेर झुट बोलेको पो हो की भनेर मसँगै ४ जनालाई पनि राख्नुभयो, तर बुबाले मलाई सजिलै चिन्नुभयो, मेरो नाक र च्युडोमा भएको कोठी याद गर्नुभएको रहेछ ।’

बुबाले पहिलो भेटमै चिनेपनि न्यौपानेलाई भने आफ्नै बाबु हुन् भन्नेमा शंका लाग्यो । उनले बाबुलाई प्रश्न पनि गरिन् ‘मेरै बुबा हो भने किन १८ वर्षसम्म भेट्न आउनुभएन ?’

न्यौपानेको प्रश्नले उनका बुबा भावुक हुँदै भने, ‘म गरिव मान्छे, यहाँ खान, पढ्न पाइराथ्यौं, बाबु छ, भन्दा घर पठाउँलान् । मैले त पढाउन पनि सक्दिनथें ।’

बाबुको उत्तरले न्यौपानेको मन बुझेन अहिलेसम्म पनि बुझेको छैन ।

‘बुबाले विहे गरेर पनि दुईवटा बहिनी रैछन् । एउटी बहिनीको त विहे नै भैसकेछ, बुबाले त्यस्तो भनेपनि मलाई त झुट बोलेजस्तो लाग्छ, कान्छी आमाले नै छोरी खोज्न जाउ भनेपछि लिन आएका रैछन् पछि कान्छी आमाले भनेर थाहा पाए। मेरो बुबा त निर्दयी नै थिए । मेरो पनि त घर रहेछ, १८ वर्षपछि थाहा पाँए ।’

बुबा भेटिएपनि उनको प्रेम र पारिवारिक वातावरण बालग्रामै थियो। सबैले सम्झाएर कहिलेकाही घर जाने गरेपनि उनलाई बालग्राम नै आफ्नो घर लाग्थ्यो ।

‘बुबा भेटिएपछि कहिलेकाही घर त गए, तर मलाई त्यो घर आफ्नोजस्तो लागेन, बुबा कान्छी आमा बहिनीहरु मेरो आफन्तजस्तो लागेन । मेरो घर पनि माइति पनि बालग्राम नै हो,’ उनले भनिन् ।

बालग्रामले पढायो नर्सिङ

एसएलसी उत्तिण गरेपछि न्यौपानेले नर्सिङ पढ्न चाहिन् । २०४३ सालमा उनले ललितपुर नर्सिङ क्याम्पसमा प्रवेस परीक्षा पनि पास गरिन् । प्रवेस परीक्षा पास भएपछि न्यौपानेलाई बालग्रामले नै नर्सिङ पठायो । नर्सिङको पढाइ सकेपछि २०४६ सालमा कान्ति बाल अस्पतालमा काम पनि शुरु गरिन् ।

कान्ती बाल अस्पतालमा काम गर्न शुरु गरेपछि उनी कान्ति अस्पतालकै क्वाटरमा बस्न थालिन् । ९ महिना कान्ति बाल अस्पतालमा काम गरेपछि उनले २०४८ सालमा चिटिङ अस्पतालमा जागिर पाइन् ।

त्यसपछि उनले टिचिङ अस्पतालकै क्वाटरमा बस्न थालिन् । न्यौपाने आफ्नो लागि आफै निर्णय गर्न सक्ने र कमाउन पनि सक्ने भएपछि बालग्रामले उनलाई सम्रक्षणमा राखेन । बालग्राम छाडेको ४ वर्ष पछि उनले विवाह गरिन् । न्यौपानेको विवाह भने बालग्रामले धुमधामसँग गरिदियो ।

‘मैले नर्सिङको पढाइ सकेर काम गर्न थालेपछि अस्पतालमै क्वाटर पाए, डिपेन्डेन भएपछि बालग्रामले संरक्षण गर्नुपरेन,’ न्यौपाने सम्झिन्छन्, ‘बालग्राम बाहिर बस्ने गरेपनि मेरो विवाह बालग्रामले धुमधामसँग गर्दिएको थियो ।’

न्यौपानेका पति कुरियमा कार्यरत छन् । उनीकी छोरी अहिले एमबीए पढ्दै छिन् । उनले महाराजगञ्जमा आफैले घर समेत बनाइसकेकी छन् ।

काठमाडौंमै घर बनाएर बसेपनि उनी आफु हुर्किएको बालग्रामलाई माया गर्छिन् । एसओएस बालग्रामलाई माइति मानेकी न्यौपाने चाडपर्वमा बालग्राम नपुगि खुसी हुदिनन् ।

‘एसओएस बालग्राम हिजो मेरो घर थियो, विहे गरेपछि माइति भयो, म अहिले पनि चाडपर्वमा बालग्राममै जान्छु,’ न्यौपाने भन्छिन्, ‘घरमा चाडवाड मनाएपछि म बालग्राम नै पुग्छु।’

चिटिङ अस्पतालमा २०४८ सालदेखि

२० सालमा चिटिङ अस्पतालमा पोष्ट अफ वार्ड, मेडिकल वार्ड, गाइनोकोलोजी हुँदै मेटानिटी वार्डमा काम गरिन् । मेटानिटी वार्डमा पुगेपछि न्यौपानेले सोचिन् ‘नर्सहरु पनि कहिले कुन विभाग कहिले कुन विभागमा ड्युटी गर्नुपर्छ, म कुन विभागमा, रोगमा काम गर्ने नर्स हुँ । मेरो परिचय के हो ?’

न्यौपाने अरु सामान्य नर्सहरु भन्दा फरक बन्न चाहन्थिन् । टिचिङ अस्पतालमै काम गर्दैगर्दा क्यालरा नाम गरेकी विदेशीले चिटिङ अस्पतालमा नर्सहरुलाई नर्मल डेलिभरीको विषयमा तालिम लिइन् । उनले त्यो तालिमलाई ठूलो अवसरको रुपमा लिइन् । उनले त्यो तालिमपछि आफु नर्मल डेलिभरी गराउने नर्सको रुपमा चिनिने लक्ष्य लिइन् ।

‘म सामान्य नर्सहरु भन्दा फरक परिचय होस् भन्ने चाहन्थें, क्यालरा नाम गरेकी एक विदेशीले हामीलाई २०५६ सालमा नर्मल डेलिभरी सम्बन्धि तालिम लिए, त्यसपछि मैले नर्सम डेलिभरी गर्ने नर्सको रुपमा काम गर्न थाले,’ न्यौपानेले भनिन्, ‘त्यतिबेला नर्मल डेलिभरी गराउने तरिकाहरु जाने र त्यसमै विज्ञ पनि भए ।’

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ५ : ३३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन