नारायणी नदीमा जलयात्रा शुरु | Khabarhub Khabarhub

नारायणी नदीमा जलयात्रा शुरु


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ ।

चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो ।

आयुष्मा मोटरबोट कम्पनी प्रालीले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए।

शुरुवाती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले दुई महीनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने जानकारी दिए ।

सात महिना अगाडि नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा शुरु गराएको हो ।

आउँदो वर्षसम्म तीन करोडदेखि पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महीनाभित्र ४० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने बताए ।

दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको ‘स्मल क्रुज’ सञ्चालन गरिने बताउँदै अधिकारीले सो ‘क्रुजमा लक्जरी सिट’ र माथि ‘ओपन चियर सिट’ राखिने जानकारी दिए ।

कम्पनीका उपाध्यक्ष एवं व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न मोटरबोट सञ्चालन गरिएको हो ।

मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

नारायणी र त्रिशूली नदीमा शुरु भएको जलयात्राको दूरी बढाउनका लागि पहल भइरहेको आयोजकले जनाएको छ । पृथ्वी राजमार्गमा पर्ने फिस्लिङबाट चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गोलाघाटसम्मको जलयात्राको अनुमति लिनका लागि सङ्घीय सरकारसँग कुराकानी अगाडि बढाइएको थापाले जानकारी दिए ।

हाल निर्धारण गरिएको ४५.५ किलोमिटरको दूरीमा जलयात्रा गर्नका लागि प्रतिव्यक्ति तीन हजार ५ सय तोकिएको छ । जलयात्राका लागि तिरिएको शुल्कमा एक छाक खाजा, एक छाक खाना तथा एक रात होटलमा बास बस्ने व्यवस्था गरिएको कम्पनीका मार्केटिङ प्रमुख समीर श्रेष्ठले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १० : ०२ बजे

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको