भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी | Khabarhub Khabarhub

भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकिङ प्रणाली ह्याक गरी नेपाली बैंकबाट पैसा चोरेको खुलेको छ ।

राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको हो ।

राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबा ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको हो । राष्ट्र बैंकले कुन बैंकको कति रकम लुटिएको भनेर केही खुलाएको छैन ।

गत शनिबार काठमाडौंबाट पक्राउ परेका चिनियाँ ह्याकरहरुको गिरोहले नेपालका १७ वटा वाणिज्य बैंकबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ लुटेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाली बैंकहरुले प्रयोग गरेको नेपाल इलेक्टोनिक्स पेमेन्ट सर्भिस (नेप्स) र अमेरिकी एटिएम नेटवर्क भिसा प्रणालीको बीचमा ह्याकरहरुले ‘साइबर हमला’ गरी बैंकको नगद लुटपाट गरेका हुन् ।

पछिल्लो ह्याकिङबारे फरेन्सिक विज्ञहरुले अध्ययन गरिरहेकाले अध्ययन सकिएपछि मात्रै सम्पूर्ण विवरण सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

अध्ययन समितिको प्रारम्भिक अनुसन्धानबाट भदौ १४ गते शनिवार भिसा इन्टरनेसनलसँग आवद्ध नेप्सका सदस्य बैंकका कार्ड प्रयोग गरी बिहान १० बजेदेखि अपराह्न ४ : ३५ बजेसम्म अनधिकृत रुपमा रकम चोरी भएको जनाइएको छ ।

प्रतिवेदन अनुसार नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १८ वटा बैंकका विभिन्न स्थानका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट ६ वटा नेपाली बैंकका विभिन्न कार्ड प्रयोग गरी भारतका २४ बैंकका १३२ एटीएमबाट भारतीय रुपैयाँ १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ रकम निकालिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  २ : ४२ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका