१५ वर्षमा रोजगारीका लागि विदेशिएका २७ नेपालीको आतंकवादी आक्रमणमा मृत्यु | Khabarhub Khabarhub

१५ वर्षमा रोजगारीका लागि विदेशिएका २७ नेपालीको आतंकवादी आक्रमणमा मृत्यु


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ वर्षको अवधिमा वैदेशिक रोजगारीको खोजीमा युद्धग्रस्त देश पुगेका २७ जना नेपालीको विद्रोही समूह र आंतककारी आक्रमणमा परि मृत्यु भएको छ ।

रोजगारीको खोजीमा अफगस्तिान, लिविया र इराक पुगेका २७ जना नेपाली आतंककारी आक्रमण र आतंकवादी समूहको निशानामा परी मृत्यु भएको हो ।

इराक र लिविया रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ । अफगास्तिानमा भने ग्रीन जोनमा सुरक्षा गार्डका लागि जान खुला गरिएको छ ।

अफगानस्तिानमा फेरि दुई नेपाली मारिए

अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको आतंकवादी विस्फोटमा १६ जना मारिएका थिए । उक्त विस्फोटमा रोजगारीका लागि अफगास्तिान पुगेका दुई जना नेपालीको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोप्लाका चन्द्र पुन रहेको भनिएपनि पुष्टि भने दूतावासले गरेको छैन । अफगानिस्तानमा नेपाली राजदूतावास र कन्सुलर सेवा छैन । अफगानिस्तानको समस्या पाकिस्तानमा रहेको नेपाली नियोग हेर्ने गरेको छ ।

३ वर्षअघि रोजगारीका लागि अफगस्तिान नै पुगेका १२ जना नेपालीको बम विस्फोटमा परि मृत्यु भएको थियो

विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा भएको थियो । मृतक दुई जना नेपाली त्यही कम्पनीमा कार्यरत रहेको दूतावास स्रोतले जनाएको छ ।

उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ ।

३ वर्षअघि रोजगारीका लागि अफगस्तिान नै पुगेका १२ जना नेपालीको बम विस्फोटमा परि मृत्यु भएको थियो । २०७३ साल असारमा आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा नेपालीले ज्यान गुमाएका थिए ।

नेपाली सुरक्षा गार्ड सवार मिनिबसलाई लक्षित गरि भएको आक्रमणमा १२ जना नेपालीको मृत्यु भएको थियो । उक्त आक्रमण पनि तालिवानी समूहले नै गरेको थियो ।

३ वर्षको अवधिमा रोजगारीमा गएका १४ जना नेपालीले आतंकवादी आक्रमणमा ज्यान गुमाएका हुन् ।

यो क्षेत्र ग्रीन जोनभित्र पर्छ । नेपाल सरकारले ग्रीन जोनमा रोजगारीका लागि जान श्रम स्वीकृति दिँदै आएको छ । आफगानिस्तानमा ग्रीन जोन क्षेत्रमा ठूला आक्रमण भइरहेको छ ।

यस्तै, गत असारमा अवैध बाटो भएर रोजगारीका लागि लिविया पुगेका एक नेपाली मृत्यु भएको थियो । लिवियाको पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बम आक्रमण हुँदा रोजगारीका लागि त्यहाँ पुगेका नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले रोजगारीका लागि लिबिया जान पनि प्रतिबन्ध लगाएको छ । तर, लिबिया रोजगारीका लागि नेपाली दलालमार्फत जाने गरेको पाइन्छ ।  यसैगरी, वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपाली आतंकवादी संगठनको कव्जामा परेका थिए ।

२०६१ साल भदौ १५ उनीहरुको विभत्स हत्या भएको भिडियो सार्वजनिक भएको थियो ।  अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले उनीहरुको विभत्स हत्या गरेको थियो ।

अफगास्तिान, लिबिया र इराकमा नेपाली कुटनीतिक नियोगको पहुँच छैन । जसका कारण नेपाली श्रमिकको मृत्यु र समस्यामा पर्दा अन्य देशमा रहेको नेपाली नियोगमार्फत उद्धार अथवा शव ल्याउन गरिएको छ ।

अवैध बाटो भएर इराक र लिबिया 

सरकारले रोजगारीका लागि अनुमति प्रदान नगरेको केही देशमा नेपालीहरु रोजगारीका लागि पुग्ने गरेका छन् । उनीहरु विभिन्न एजेन्ट र अवैध बाटो हुँदै ती देशमा पुग्ने गरेका छन् ।

लिबिया र इराकका साथै ग्रिन जोन बाहेकको अफगान क्षेत्रमा नेपालीहरु दलालमार्फत अवैध बाटोबाट पुग्ने गरेका हुन् । त्यसका लागि नेपालीले भारतको बाटो प्रयोग गर्ने गरेका छन् ।

यस्तै, अफगानिस्तान युएई हुँदै दलालमार्फत धेरै नेपाली रोजगारीका लागि जाने गरेका छन् । युएईका श्रमिक सप्लाइ कम्पनी र व्यक्तिको सम्र्पकमा अफगानिस्तान सुरक्षा गार्डमा नेपाली कामदार जान्छन् । अन्य देश हुँदै अवैध माध्यमबाट प्रतिबन्धित देशमा नेपाली रोजगारीका लागि पुग्दा सरकारले त्यसलाई प्रतिबन्ध लगाउन सकिरहेको छैन ।

सरकारले प्रतिबन्ध लगाएका देश अवैध बाटो भएर दलाल र व्यक्तिको सम्र्पकमा नेपाली रोजगारीका लागि जाने गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौडेलले बताए।

‘अवैध बाटो भएर रोजगारीमा जाने क्रम रोक्न प्रयास भइरहेको छ । त्यसमा पनि युद्ध चलिरहेका देशमा त सरकारले प्रतिबन्ध नै लगाएको छ । विभिन्न माध्यममार्फत कामदार आफु जाने गरेका छन् । यो समस्याको विषय बनिरहेको छ ।’ उनले भने, ‘अफगास्तिान सुरक्षा गार्डमा जाने कामदारको पनि तालिवानी समूहको आक्रमण मृत्यु भइरहेको छ । अफगास्तिान ग्रीन जोनमा मात्र सुरक्षा गार्डका लागि सरकारले अनुमति दिएको छ । नेपालीको सुरक्षाका बारेमा सरकारले सोच्नुपर्छ ।’

नेपाल सरकारले रोजगारीका लागि इराक जान प्रतिबन्ध गरेको छ । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटो हुँदै इराक जाने कामदारको संख्या धेरै छ । खाडीका अन्य देश भनेर नेपाली श्रमिकलाई रोजगारीका लागि इराक रोजगार पुराइन्छ । इराकमा करिब ५० हजारभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।

इराक घरेलु महिला कामदारका रुपमा धेरै लैजाने गरेका छन् । यो देशमा घरेलु काम लगिएका महिला अलपत्र र समस्यामा पर्ने गरेका छन् । दलालले लिबिया हुँदै अन्य देश नेपालीलाई रोजगारीमा लैजाने गरेका छन् ।

दलालमार्फत अन्य देश जाँदा धेरै नेपाली लिबियामा फस्ने गरेका छन् । युएई हुँदै नेपाली रोजगारीका लागि अफगास्तिान जाने हुँदा त्यहाँ कति नेपाली कार्यरत छन भने यकिन नभएको श्रम मन्त्रालयले जनाएको छ । अफगास्तिान २५ देखि ३० हजार नेपाली रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६