लामखुट्टेकै वरिपरी हुनुहुन्छ ? डेंगु हुनसक्छ, यसरी बच्नुस् | Khabarhub Khabarhub

लामखुट्टेकै वरिपरी हुनुहुन्छ ? डेंगु हुनसक्छ, यसरी बच्नुस्


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाल देशभर डेंगुको प्रकोप बढदै गएको छ । डेंगु ज्वरोका काण धेरै जना बिरामी परेका छन् ।

मानिसहहरुमा डेंगुको संक्रमणसँगै त्रास पनि बढेको छ । डेंगुको समयमा उपचार नहुँदा वा वेवस्ता गर्दा बिरामीको मृत्यु हुने जोखिम समेत रहन्छ । त्यसैले डेंगु लागेको हो वा होइन समयमै पहिचान गरी उपचार गर्नुपर्छ ।

डेंगुको लक्षणहरु यी हुन् :

–आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,

– सबै शरीर दुख्नु,

–घांटी बस्नु,

–साना बिमिरा आउनु,

– शरीर चिलाउनु,

–वाकवाकी लाग्नु र वान्ता आउनु,

– छटपटी हुनु,

– रिंगटा लाग्नु,

–निद्रा नलाग्नु,

– हड्डी तथा मांशपेशी निकै दुख्नु,

–आँखा तथा घांटी रातो हुनु ।

डेंगुका बिरामीले चिकित्सकको सल्लाह अनुसार औषधि उपचार गरेरमा निको हुन्छ । डेंगुका बिरामीले औषधि उपचारसँगै विभिन्न कुरामा पनि ख्याल गर्नुपर्छ । डेंगुका बिरामीले ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुपर्छ ।

बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ । जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल, सुप नियमित खानुपर्छ । डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन ।

डेंगुबाट बच्न यस्तो गर्नुस्

–लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने,

–बाहुला पुरा भएको शरीर ढाक्ने कपडा लगाउने,

–डेंगु लाग्ने लामखुट्टेले दिनमा बढी टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने,

–सकभर भीडभाडमा नजाने,

–घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने,

–घरभित्र पानीलाई छोपेर राख्ने,

–बाथरुम ओभानो राख्ने,

– टायर र पाइप आदिमा पानी जम्न नदिने,

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : २४ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।