बस भित्रै कम्प्युटरको पढाई, मोबाइल ल्याब बसबाट ६ हजार विद्यार्थीलाई सेवा | Khabarhub Khabarhub

बस भित्रै कम्प्युटरको पढाई, मोबाइल ल्याब बसबाट ६ हजार विद्यार्थीलाई सेवा


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजस्थानस्थित नागौर जिल्लामा विद्यार्थीमा कम्प्युटर शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्प्युटर ल्याब भएको अत्याधुनिक मोबाइल बस निर्माण गरिएको छ ।

जिल्लाका एक सय विद्यालयमा अध्ययनरत करिब ६ हजार विद्यार्थीले यस बसमार्फत कम्प्युटर शिक्षा लिन सक्ने सूरजमल तापडिया संस्कृत महाविद्यालयका सचिव जुगल किशोर बियानीले बताए ।

सूरजमल तापडिया मेमोरियल ट्रष्ट तथा सुप्रिम फाउण्डेशनको संयुक्त पहलमा कम्प्युटर ल्याब मोबाइल बस सेवा शुरु गरिएको हो । उक्त जिल्लाका ११ र १२ औँ कक्षामा अंग्रेजी, विज्ञान तथा कम्प्युटर जस्ता विषयमा विद्यार्थीका लागि ल्याब नभएकाले यस सेवाबाट ती विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

लाडनु क्षेत्रमा १ सय ९२ सरकारी विद्यालयहरु रहेका छन् । त्यहाँ एक सय विद्यालयमा ल्याब तथा अन्य आधुनिक संसाधनको अभाव रहेको छ । कम्प्युटर ल्याब मोबाइल बस हरेक दिन तीनवटा विद्यालयमा पुग्ने छ । यसको प्रयोग सफल भएको खण्डमा बसको संख्या थपिने संस्कृत महाविद्यालयका सचिव किशोर बियानीले जानकारी दिए ।

उक्त बस निर्माणका लागि ४५ लाख भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । एसी जडित सुविधायुक्त बसमा २१ वटा कम्प्युटर छन् ।

बसमा एकपटकमा २१ जना विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । विद्यार्थीलाई अध्यापन गराउन हरेक विषयको तीन–तीन शिक्षकको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : २४ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले