पहिरोले बागलुङमा ५ घर पुरिए, तीन जनाको मृत्यु | Khabarhub Khabarhub

पहिरोले बागलुङमा ५ घर पुरिए, तीन जनाको मृत्यु


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनीहरुको शव निकालिएको छ ।

पहिरो डेढ सय मिटर माथिबाट खसेको थियो । पहिरोमा परि ६ जना घाइते छन् ।

पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ५५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ