एनसेल टावरमा आगजनी गर्ने विप्लवका एक कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

एनसेल टावरमा आगजनी गर्ने विप्लवका एक कार्यकर्ता पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो ।

टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो ।

गलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो । टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ४९ बजे

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय