खेत जोत्ने क्रममा बालकको मृत्यु « Khabarhub

खेत जोत्ने क्रममा बालकको मृत्यु


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

दाङ- घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् ।

ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक जनालाई मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी १४ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको थियो भने सोही ठाउँका ११ वर्षीय सुभास चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ । सुभासको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बेलुकी करीब साढे ५ बजेको समयमा रा१त २९०१ नं.को ट्याक्टरले दुवै बालकलाई च्यापेको थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : १६ बजे

मदनसुन्दरप्रतिको वितृष्णाले मध्यपुरमा एमालेको हार : महेश बस्नेत

भक्तपुर– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको

‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य

धनगढी– स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका

डोटीमा मतगणना सकियो : सात पालिकामा कांग्रेस विजयी

डोटी– डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको

दुधौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली– दुधौली नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी