२० लाख पर्यटक भित्र्याइने लक्ष्य पूरा हुन नदिन आइफाको विरोध भयो–प्रधानमन्त्री | Khabarhub Khabarhub

२० लाख पर्यटक भित्र्याइने लक्ष्य पूरा हुन नदिन आइफाको विरोध भयो–प्रधानमन्त्री


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अनुकूल स्थिति भयो भने मात्र कार्यक्रम आयोजना गर्ने दिइने बताउँदै भने‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी हामी आयोजना गर्न दिन्छौँ । भएन भने त्यसलाई आयोजना गर्न दिँदैनौ ।’’

उनले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने भन्ने कुरा भएको उल्लेख गर्दै भने, ‘‘सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुराहरु चलाइएका छन् । सरकारले गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’’उनले आगामी वर्ष २० लाख पर्यटक भित्र्याइने लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिनका लागि अहिले आइफा अवार्डको हल्ला चलेको बताए ।

यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्त गरे ।

पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी समेत दिइने उनको भनाइ थियो । उनले दुई वटा पार्टीका पृथक पृथक धार भएकाले पार्टी एकतामा केही विलम्ब भएको बताए ।। ‘‘एकता टुङ्ग्याउनका लागि केही कमजोरी रहेको छ’’ उनले भने ‘‘ एकता विलम्ब उपयुक्त छैन । यस महिनाभित्र पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने छ ।’’ उनले नेकपा विशाल नदी भएकाले यसबाट केही भङ्गालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताए ।

प्रधानमन्त्री ओलीले दुई तिहाइ ओगटेको नेकपामा बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी पनि अट्नसक्ने बताए । कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : ४७ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका