जर्मनीले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने | Khabarhub Khabarhub

जर्मनीले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनीका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनीले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताउनु भएको थियो ।

जर्मनीले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा अर्थ सचिव खनालले नेपालको पूर्वाधार विकास तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जर्मनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०