‘जात्रै जात्रा’ ले ५१ दिन मनाउँदै, निर्देशकको ह्याट्रिक | Khabarhub Khabarhub

‘जात्रै जात्रा’ ले ५१ दिन मनाउँदै, निर्देशकको ह्याट्रिक


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले ५१ औ‌ं दिन मनाउने भएको छ । राजधानीका ७ वटा हलमा यो फिल्मले ५१ दिन मनाउन लागेको हो ।

जेठ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ राजधानीका सिङ्गल थिएटर र केही मल्टिप्लेक्स हलमा फिल्मले ५१ औँ दिन मनाउन लागेको हो । फिल्म युनिटले ५१ औँ दिन मनाउन लागेको सुखद् अवसरमा खुशी साट्न कार्यक्रमको समेत आयोजना गर्दैछ ।

निर्देशक प्रदीप भट्टराईले हालसम्म ३ फिल्म निर्देशन गरेका छन् । संयोग नै भन्नुपर्छ, उनले निर्देशन गरेका तीनै फिल्मले ५१ औँ दिन पार गर्नेछन् । यसअघि उनको निर्देशनमा तयार भएका फिल्म ‘शत्रु गते’ र ‘जात्रा’ ले गौरवमय ५१ औँ दिन मनाउन सफल भएका थिए ।

योसँगै निर्देशकले आफ्ना फिल्मले ५१ औँ दिन पार गर्नेमा ह्याट्रिक गर्नेछन्, जुन अवसर कमै निर्देशकलाई जुर्ने गर्छ ।

अर्कातिर यस वर्ष २ वटा फिल्मले ५१ औँ दिन मनाएर रेकर्ड राखेका छन् । केही हप्ताअघि फिल्म ‘दाल भात तरकारी’ ले पनि ५१ औँ दिन पार गरेको थियो । दुवै फिल्म कमेडी जानरामा निर्माण भएका हुन् । निर्देशक प्रदीप भट्टराईले दर्शकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई, प्रकाश सुवेदी लगायतका कलाकारको शीर्ष भूमिका छ । कमेडी जानरामा निर्माण भएको यो फिल्मले दर्शक र समीक्षक दुवैको राम्रो साथ पाएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : २३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ