हातै नभएकी बालिका साराले जितिन् हस्तलेखन प्रतियोगिता | Khabarhub Khabarhub

हातै नभएकी बालिका साराले जितिन् हस्तलेखन प्रतियोगिता


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जहाँ इच्छा त्यहाँ उपाय भन्ने आख्यानलाई सारा हिनेस्लेले पनि चरितार्थ गरेकी छन् । १० वर्षकी साराका दुवै हात छैनन् । अर्थात औला र हत्केला छैनन् । यस्तै अवस्थामा उनी हस्तलेखन प्रतियोगितामा सहभागी भइन अनि उत्कृष्ट बनिन ।

चीनमा जन्मिएको सारा अहिले १० वर्षकी भइन । उनलाई एक अमेरिकी दम्पतीले धर्मपुत्रीका रुपमा अपनाएर अमेरिका लगेको छ । उनी ६ वर्षकी हुँदा धर्मपुत्रीका रुपमा अमेरिका पुगेकी हुन् ।

अमेरिकामै आयोजित राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितेर उनले सबैलाई चिकत पारेकी छन् । उनका सुन्दर अक्षर हेर्ने धेरै मानिस नै जम्मा भएका थिए । औला नै नभएकी बालिकाले कसरी लेख्लिन भन्ने प्रश्नको पनि उनले गतिलो जवाफ दिएकी छन् ।

हस्तलेखन प्रतियोगिता जितेकी उनले बेसबल खेलको उद्घाटन गर्ने मौका पाएकी थिइन । उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ०२ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको