काठमाडौंपछि तराइमा सिरिन्ज आक्रमणको त्रास | Khabarhub Khabarhub

काठमाडौंपछि तराइमा सिरिन्ज आक्रमणको त्रास


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ। 

बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको समाचार नागरिक दैनिकमा छापिएको छ ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको उनले बताए।

पुलकाे पारीपट्टी माेटरसाइकल राेकेर दुइ जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोके, घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले नागरिकसँग भने, ‘मेरो मोटरसाइकल रोकिने वित्तिकै …’हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो।’

धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए। मैले समाचारमा पढेको थिए यस्तो घटना। आफै त्यसको सिकार भइयो। एकछिन त आँखै देखिँन। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : २२ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना