स्मार्ट सिटी प्रविधि च्यालेन्ज प्रतिस्पर्धा सम्पन्न | Khabarhub Khabarhub

स्मार्ट सिटी प्रविधि च्यालेन्ज प्रतिस्पर्धा सम्पन्न


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउछौँ’ नारा दिएको ‘स्मार्ट सिटी च्यालेन्ज-२०७५’ सम्पन्न भएको छ ।
आधुनिकतासँगै नवीन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्दै नवीनतम् ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्न तथा सामूहिक प्लेटफर्मको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई विभिन्न प्रविधियुक्त सीप सिकाएर देशमा राख्न सकेमा समृद्ध नेपाल बन्न सक्ने बताए । ‘हिम्मत गर्नु नै ठूलो कुरा हो, म बनाउँछु मेरो देश भन्ने भावना भएपछि मात्र देश बन्छ’ उनले भने ।

महानगरका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिका शहरी आयोगको सक्रियता र व्यवस्थापनमा सम्पन्न भएको यस प्रतिस्पर्धाबाट क्षमतावान युवाहरुलाई आफ्नै देशमा स्वरोजगारीको अवसर सिर्जना गर्ने माध्यम बन्ने बताए ।‘प्रविधिको विकासबाट सहरी विकासको अभियानमा एक कदम अघि बढ्ने र काठमाडौंलाई स्मार्ट सिटी बनाउन कोशेढुङ्गा सावित हुनेछ’ शाक्यले भने ।

उक्त प्रतिस्पर्धामा समुदाय तथा वातावरण सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य ४ विषय समावेश गरिएको थियो । साथै हरेक विषयका विभिन्न २८ क्षेत्रमा प्रतिस्पर्धीले आफ्ना नविन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाबाट स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा कार्यविधि, २०७५ जारी गरिएको हो । कार्यविधिको व्यवस्था बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय आयोजक समिति गठन गरिएको थियो । त्यसैगरी प्रतिस्पर्धालाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

प्रतिस्पार्धामा उत्कृष्ट ठहरिएका नवीन सोचहरुलाई पुरस्कृत गरिएको थियो । च्यालेन्ज विजेता (समूहगत विजेता मध्ये एक) रु पाँच लाख, विषयगत विजेताः समुदाय तथा वातावरण (एनि टाइम ट्वाइलेट) रु दुई लाख, सहरी पूर्वाधार (ट्राफिक म्याप) रु दुई लाख, महानगरीय सामुदायिक सेवा (डिजिटल नेपाल) रु दुई लाख, महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन (भूमि) रु दुई लाख, समुदाय र वातावरण (एरो रुट) रु एक लाख, सहरी पूर्वाधार (सफा सहर) रु एक लाख, उपविजेताः महानगरीय सामुदायिक सेवा (नेपाल मेड)रु एक लाख, महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन– (अटोमाटा) रु एक लाख रहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ४७ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मतसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले