कुन खाद्यान्नमा के मिसाइएको हुन सक्छ ? मिसावटले यस्तो रोगको खतरा | Khabarhub Khabarhub

कुन खाद्यान्नमा के मिसाइएको हुन सक्छ ? मिसावटले यस्तो रोगको खतरा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाद्य मिसावट भनेको खाद्य पदार्थमा कुनै प्रकारका अखाद्य वस्नुको मिलावट गरी खाद्य पदार्थको गुणस्तरमा ह्रास गर्ने गैर कानूनी प्रक्रिया हो ।

खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाउँदा खाद्य पदार्थ न्यूनस्तरको हुन्छ । जसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउँछ । खाद्य पदार्थमा मिसावट गर्नु गैर कानूनी भनिए पनि व्यपारीहरुले धेरै लाभ लिन खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाएर बिक्री गर्न सक्छन् ।

खाद्य पदार्थमा हुने मिसावटले उपभोक्ताले बढी मुल्य तिरेर कम गुणस्तरको खाद्यपदार्थ खरिद गर्नुपरिरहेको हुनसक्छ । यती मात्रै होइन, खाद्य पदार्थमा मिसाइएको अखाद्य वस्तुले स्वास्थ्यमा गम्भिर असर पर्नसक्छ ।

कुन खाद्यन्नमा के मिसाइएको हुनसक्छ ?

–चामल, गहुँ : माटो, साना ढुङ्गा, बालुवा, बिंया, चोकर, भुस, खरी, परालका टुक्रा ।

–आँटा, मैदा : माटो, बालुवा, चोकर, कसिंगर, चकको धुलो ।

–दाल : खेशरी दाल, कोल्टा डाई ।

–घ्यू, मक्खन : बनस्पति घ्यू, आलु, तरुल, कृत्रिम रङ्ग ।

–दूध : पानी, स्टार्च, खाने सोडा ।

–खाने तोरीको तेल : गाडीमा प्रयोग भइसकेको मोविल, आर्जेमोन तेल, खनिज तेल, क्यास्टर तेल, ट्राईक्रेसाईन फस्फेट ।

–धुलो नुन र चिनी : चक पाउडर, खाने सोडा ।

– रातो खुर्सानीको धुलो : खरी ढुङ्गा, ईंटाका धुलो, कृत्रिम रङ्ग ।

–मह : चिनी पानी ।

–मिठाई :साकारीन, मालाचाईट ग्रिन, रोडामाईन बि, मेटालिन एल्लो जस्ता अखाद्य रङ्ग, आलमुनियमको तपक ।

–बेसार धुलो : एल्लो एनिलिन डाई, मेटानिल एल्लो पहेँलो माटो, बालुवा ।

–खुवा : स्टार्च, पिठो ।

– चिया : कोल टार डाई नामक कृतिम रङ्ग, काठका टुक्राहरु ।

–कफी : टामारिण्ड सिड, पाउडर, बोक्रा ।

–सुपारी : ढुङ्गा, साकारिन, कृत्रिम रङ्ग ।

– हरियो सागसब्जी : मालाचाईट ग्रीन ।

– फलफूल : आर्सेनेट ।

– मसाला : लिड क्रोमेट ।

– जुस, जाम : मेटानिल एल्लो ।

–बनस्पति घ्यू : जैवीक घ्यू, कृत्रिम रङ्ग र स्वाद ।

खाद्य मिसावटले यस्तो पर्छ असर

–खनिज तेल : पाचन प्रणली, कलेजोमा असरमा पुर्‍याउनुका साथै क्यान्सरको जोखिम हुन्छ ।

–लिड : प्लारालाईसिस, कम्पन, दिमागमा असर पुर्‍याउछ ।

– मर्करी : कम्ने, दुखाई हुने, अन्धोपना, बहिरोपनाको समस्या निम्त्याउछ ।

– कोल्टार डाई : आमाशयमा असर, अल्सर हुन्छ ।

–रोडामिन बि : फोक्सो, कलेजोको ट्युमर हुन्छ ।

–मेटानिल एल्लो : क्यान्सर, प्रजनन ग्रन्थीमा असर ।

– आर्जेमोन तेल : इपिडेमिक ड्रप्सी, ग्लुकोमा भन्ने आँखाको रोग तथा मुटुको रोग ।

–क्यास्टर तेल : आमाशयमा असर ।

– ट्राईक्रेसाईन फस्फेट : प्यारालाईसिस, मत्युको जोखिम ।

– चकको धुलो : आमाशयमा असर ।

–टिन : बान्ता हुने, पेटको दुख्ने, टाउको दुखाई बढ्ने ।

–कृत्रिम रङ्ग, स्याकारिन : क्यान्सर हुन्छ ।

–दुधमा मिसाईने प्रदूषित पानी तथा स्टार्च : आमाशयमा असर ।

– टामारिण्ड सिङ, चिरोरी पाउड : पखाला, रिंगटा लाग्ने समस्या हुन्छ ।

–ढुङ्गा, बालुवा, माटो ईँटाको धुलो : पाचन प्रणलीका अङ्गहरुमा असर पर्छ ।

–आर्सेनेट : प्यारालाइसिस, चक्कर लाग्ने समस्या हुन्छ ।

–खेशरी दाल : लेथाईरिज्म क्यान्सर हुन्छ ।

– मोलासेस सुगर, महमा मिसाइने चिनी र पानी : आमाशयमा असर पर्छ ।

– लिड क्रोमेट : एनेमिया, गर्भपतन, प्यालाईसिस तथा दिमागमा असर ।

– एल्लो एनिलिन डाई : क्यान्सर ।

मिसावट गरिएको खाद्य पदार्थको प्रयोगले स्वास्थ्यमा गम्भिर असर पर्छ । त्यसैले खाद्य पदार्थमा मिसावट भए नभएको एकिन गर्नका लागि परीक्षण गर्ने र मिसावट रहित खाद्य पदार्थको मात्र उपायोग गर्ने बानी बसाल्नुपर्छ । खाद्य पदार्थमा मिसावट भए नभएको सजिलैसँग थाहा पाउन सकिदैन त्यसैले नेपाल सरकारको गुणस्तर चिन्ह प्राप्त वा विश्वासिलो श्रोतबाट प्राप्त खाद्य पदार्थ मात्र उपभोग गर्ने बानी गर्नुपर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ४३ बजे

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश