आर्मी पीएम कप क्रिकेटको फाइनलमा | Khabarhub Khabarhub

आर्मी पीएम कप क्रिकेटको फाइनलमा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब एकदिवसीय प्रधानमन्त्री क्रिकेट कप (पीएम कप) को फाइनलमा प्रवेश गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले दिएको ३ सय १० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ३ ले निर्धारित पूरा खेल खेल्दै ९ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो ।

प्रदेश नम्बर ३ विरुद्ध आर्मीका सहाब आलमले उत्कृष्ट बलिङ गरे । प्रदेश नम्बर ३ का लागि १ सय ९२ रन बनाउने क्रममा अविजित रहेका इशान्त पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रन बनाए । उनले ७८ रन बनाउँदा पनि टोलीलाई हार बाट जोगाउन भने सकेनन् ।

यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन कुमार यादवले १६ र अदिल खानले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो जोड्न सकेनन् । आर्मीका शाहब आलमले ३ विकेट हात पार्दा कारण केसीले २, रोहित कुमार पौडेल, कुशल मल्ल र सुशन भारीले समान १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय पारी खेले । विनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन प्रहार गरे । यस्तै, रोहित कुमार पौडेलले ४३ रन जोड्दा हरिबहादुर चौहानले ३८ तथा राजेश पुलामी मगरले २९ रन बनाए ।

कुशल मल्ल २६ रनमा अविजित रहँदा करण केसीले २१ रन बनाए । पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ का लागि नन्दन कुमार यादव र जितेन्द्र सिंह ठकुरीले २–२ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले १–१ विकेट लिएका थिए । अब आर्मीले फाइनलमा दोस्रो सेमिफाइनलको नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : २१ बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन