पत्रकारलाई दिएको धम्की तथा आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण | Khabarhub Khabarhub

पत्रकारलाई दिएको धम्की तथा आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले समाचार लेखेकै कारण पत्रकार विराट अनुपमलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना गरेको छ ।

राज्यको जिम्मेवार निकायका व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ । महासंघका महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा महासंघले उक्त घटनाको घोर भत्र्सना गरेको तथा पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएका थिए । धम्की दिएको समाचार बाहिर आएपछि पनि पत्रकार अनुपमलाई मेयर चौधरीले फेरि फोन गरी ‘आफ्नो सुरक्षा गर’ भन्दै धम्काएका छन् ।

आफु नेकपाको कार्यकर्ता भएको जनाउँदै उनले परशुराम बस्नेतलाई परिचालन गरिसकेको र आफ्नो सुरक्षा गर्न धम्की दिएका हुन् ।
यसैगरी महासंघले जेठ २१ गते राति धनकुटा शाखाका सदस्य दिलबहादुर राई (आशिष) माथि आक्रमण गर्नेहरुको पहिचान गरी कानुनी दायरामा ल्याई कारबाहीको पनि माग गरेको छ । धरानस्थित डिवीआर अनलाइन टेलिभिनको कार्यालयमा काम गरिरहेको अवस्थामा ४/५ जनाको अज्ञात समुहले कुटपिट गर्दा पत्रकार राईको टाउकोमा गम्भीर चोट लागी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : १७ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको