श्रीलंकामा ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिँदा किन रिसाए हिन्दू सांसद ? | Khabarhub Khabarhub

श्रीलंकामा ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिँदा किन रिसाए हिन्दू सांसद ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको सरकारमा रहेका सबै ९ जना मुस्लिम मन्त्रीहरुले पदबाट राजनीनामा दिएका छन् । यसका साथै दुई प्रान्तीय गभर्नरले पनि राजीनामा दिएका छन् ।

यो राजीनामाले स्पस्ट भएको छ कि बुद्धधर्मावलम्वीको बाहुल्यता भएको श्रीलंकामा ईस्टरका दिन चर्चामा भएको आक्रमणपछिको अवस्था सामान्य बन्नसकेको छैन । उक्त हमलामा २५० जना मानिसको मृत्यु भएको थियो ।

अथुरालिये रतना श्रीलंकाका प्रभावशाली बौद्ध सन्यासी हुन् र उनको भोक हड्ताललाई मध्यनजर गर्दै यी मुस्लिम मन्त्रीहरुले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

रतनाले भनेका थिए,‘यो उनको आमरण अनशन हो र जबसम्म दुई प्रान्तिय मुस्लिम गभर्नर र एक मन्त्रीले राजीनामा दिँदैनन् तबसम्म यो जारी रहन्छ । ’

रतना राष्ट्रपतिसँग यी मन्त्रीलाई हटाउन माग गरिरहेका थिए । बोद्ध सन्यासीका अनुसार यी मन्त्रीहरुको आत्मघाती हमलाकारीसँग सम्बन्ध थियो । रतनाले आठ मुस्लिम मन्त्रीलाई निशाना बनाएका थिएनन् तर जब मुस्लिम मन्त्रीमाथि रतनाले आरोप लगाए तब सबै मुस्लिम मन्त्रीहरुले राजीनामा दिए ।

राजीनामाले के असर ?

यी मन्त्रीले राजीनामा दिँदा सरकारको स्थीरतामा कुनै पनि असर पर्दैन किनकी सांसदका रुपमा उनीहरु सरकारको साथमा छन् ।
श्रीलंका मुस्लिम कांग्रेसका सांसद राउफ हाकीमका अनुसार सरकारले आरोपहरुको जाँच गर्न सकोस् भन्नका लागि आफूहरुले राजीनामा दिएको हो ।

२१ अप्रिलमा इस्टरको दिन चर्च र होटलमा भएको आत्मघाती आक्रमणपछि श्रीलंकामा मुसलमानको पसल र घरहरुमा हमला शुरु भएको थियो । यो हमलाको सम्बन्ध इस्लामिक स्टेटसँग जोडिएको थियो ।

रउफले भने,‘यदी जाँचमा हामी कुनै पनि रुपमा दोषी पाइयौं भने जे सुकै सजाय भोग्न पनि तयार छौं, तर निर्दोष मानिसमाथि दुख दिन हुँदैन ।’

हिन्दू सांसदले के भने ?

मुस्लिम मन्त्रीहरुले राजीनामा दिएपछि हिन्दू सांसद तथा नेताले कडा आपत्ति जनाएका छन् ।

द तमिल नेशनल अलायन्स(टीएनए) का अनुसार मुस्लिम मन्त्री भेदभावको शिकार भइरहेका छन् ।

टीएनएका प्रवक्ता तथा सांसद एम सुमनतिरनले भने,‘आज उनीहरु निशानमा छन् भोलि हामी हुनेछौं र आगामी दिनमा अरु हुनेछन्, आज सबै श्रीलंकाली नागरिक साथ रहन जरुरी छ, हामी मुसलमानसँग मिलेर बस्छौं ।’

तमिल प्रोग्रेसिव अलायन्स र श्रीलंकाका हिन्दू नेता मनो गणेशणले सरकार यदी बोद्ध सन्यासी को भनाइ अनुसार चल्ने हो भने गौतम बुद्धले पनि मुलुकलाई बचाउन नसक्ने चेनावनी दिए । गणेशनले आजसम्म मुसलनमाथिको आरोप पनि सिद्ध नभएको र उनीहरु आजसम्म यस्तो गतिविधिमा संलग्न नभएको बताएका छन् ।

बुद्धधर्मावलम्बीले मुस्लिम मन्त्रीहरुलाई राजीनामाका लागि बाध्यम पारेर गौतम बुद्धको अपमान गरेको हिन्दूवादी नेताहरुको आरोप छ । यदी यस्तो रहिरहे विश्वले श्रीलंकालाई बोद्ध देशको रुपमा स्वीकार नगर्ने उनीहरुको चेतावनी छ ।

अथुरालिये रतना मन्त्रीहरुको राजीनामाको मागलाई लिएर चार दिन देखि भोक हड्तालमा थिए । यो भोक हड्ताललाई लिएर कोलम्बोमा प्रदर्शन भएको थियो । मुस्लिम मन्त्रीले राजीनामा दिएपछि रतनाले आफ्नो भोकहड्ताल समाप्त गरेका थिए ।

यसअघि सोमबार रोजा समाप्त हुनुभन्दा पहिला नौ मन्त्रिले एक पत्रकारसम्मेलन गर्दै अशान्तिलाई समाप्त गर्नका लागि राजीनामा दिएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ३३ बजे

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा