बुधवार नै रिलिज भयो सलमान खानको ‘भारत’ | Khabarhub Khabarhub

बुधवार नै रिलिज भयो सलमान खानको ‘भारत’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ईदको अवसर पारेर बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज भएको छ । नेपाली चलचित्र प्राय: शुक्रवार प्रदर्शन गरिने परम्परा रहे पनि विदेशी चलचित्र भने चाडबाडमा शुक्रवारभन्दा अघि नै प्रदर्शन हुने गरेका छन् ।

दुई दिनअघि प्रदर्शन हुँदा सलमान खानको फिल्म ‘भारत’ ले नेपालमा पनि उच्च शो पाएको छ । मल्टिप्लेक्स हलमा फिल्मले अन्य फिल्मको तुलनामा बढी शो पाएको छ । फिल्मले मंगलवार नै अग्रिम बूकिङ खुलाएको थियो ।

शुरुमा ‘भारत’ चलचित्र विकास बोर्डको अडानका कारण  शुक्रवार नै रिलिज हुने भनिए पनि फिल्मका नेपाल वितरकले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका थिए । मुद्दाको सुनुवाइ गर्दै अदालतले यो फिल्मलाई बुधवार रिलिज गर्न अन्तरिम आदेश दिएको थियो । कतिपयले विदेशी फिल्म शुक्रवारभन्दा पहिले नै हलमा रिलिज हुँदा नेपाली फिल्मकर्मी मारमा परेको भन्दै गुनासो गरेका छन् ।

सलमान खानको फिल्म ‘भारत’ भारतमा ४ हजार स्किृनमा लागिरहेको छ । नेपालमा पनि यो फिल्मले राम्रो चर्चा कमाएको छ । फिल्ममा सलमान खानका अलावा, क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्मले भारत र पाकिस्तानको सम्बन्धलाई देखाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ४० बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र