यस्तो छ नेपालको राजनीति र सुरक्षाकर्मीको ‘नागपास’ « Khabarhub
Logo
१ आश्विन २०७८, शुक्रबार

यस्तो छ नेपालको राजनीति र सुरक्षाकर्मीको ‘नागपास’



नेपालको सात दशकदेखि नेपालका राजनीतिक पार्टी, पार्टीका नेता र सुरक्षा संगठनको खेल र यसले उव्जाएको आश र त्रास नेपाल र नेपालीहरु लागी आज टोक्नु न बोक्नु जस्तो हुन पुगेको छ। आजका अधिकांश नेपाली जनता राज्यका जिम्मेवार निकायहरुको काम र कर्तव्य देखेर आजित, निराश र थकित हुन भइसकेका छन् ।

कुनै दिन थियो, जब राजा र राजनीतिक नेताहरुले सत्ताको बागडोर सम्हाले, उनिहरुले राणा शासकहरुलाई सकेजति गाली गरे, उनिहरुले बनाएको घर दरवार पनि सबै आफ्नो बनाए। केही समयसम्म उनिहरुको नाम लिँदै पानीमाथिको ओभानो बनेर उनिहरुले जसरी आफ्नो जाति विरादरीको कल्याण गरे आफैले त्यही परम्परालाई यथावत राखे।

ती दिनहरु पनि गए, राजा आए, पञ्चायत आयो, राम्रो गरेर हो वा नराम्रो गरेर, त्यही कालमा विश्वले नेपाललाई चिन्ने मौका पायो । पञ्चायत राजले के गर्‍यो के गरेन भनेर लेखा-जोखा गर्न अझै केही समय कुर्नु पर्ला। किन कि आजै यसको समीक्षा र मुल्यांकन गर्न खोज्यो भने आज लोकतान्त्रिक शासन प्रणालि आईसकेपछि पनि राजनीतिक पुर्वाग्रहको कोपभाजन हुने उत्तिकै छ जति राणा र पञ्चायत कालमा थियो।

के सन् २०१५ पछिको नेपाल फेरी सन् १९९६ तिर फर्कन लागेको त होईन भन्ने आशंकाको बादल फेरि मडारिन थालेको छ।

नेपालमा फेरि एक पटक हिंसा र आतंकको नयाँ नाटकको मञ्चन गर्ने तयारी हुँदैछ, यो नाटकको बिषय उही छ, कथा पनि उही छ, तर कलाकार र पात्रहरु मात्र फरक छन् । तर आश्चर्य, यो शास्वत सत्यलाई जो कोही पनि स्वीकार गर्न तयार देखिँदैनन्, मान्न तैयार छैनन। किन होला?

यो नाटकको बिज्ञापन बिगत महिनादेखि शुरु भएको छ। पहिले नेकपा “विप्लव” समुहका एक कार्यकर्ता पक्राउ परे। उनि पुलिसको हातबाट एकोहोरो भिडन्त वा दोहोरो भिडन्तमा परेर मरे। दोश्रो उनै विप्लवको नेपाल बन्दको आह्वान गर्दै त्यसको पुर्वसन्ध्यामा चेतावनी (वार्निङ) दिन तैयार पारेको बमले आफ्नै कार्यकर्तालाई डामे । सरकारी सुरक्षा निकायले गरेको अनुसन्धानमा थाहा नै नपाएर बम पड्किएको निष्कर्ष निस्कियो।

नेपालले भोगेको दश-वर्षे जनयुद्धको घाउ अझै आलै छ। त्यसवेलाका जन-धनका जिम्मेवार व्यक्ती र उनिहरुले नेतृत्व गरेको पार्टीहरु आज बालुवाटार र सिंहदेवारमा छन भने त्यसबेलाका सरकार र सुरक्षा-निकायका दुबै पक्ष एउटै जहाजमा बसेर तैरिरहेका छन। जो जहाजमा चढन-भ्याए, उनिहरु जनताको मालिक भएर अस्तिको राणा, आजको राजा र कांग्रेस र आजको सत्ताधारी कम्युनिष्ट हुन पाउँदा त आज दङ्गै देखिन्छन्। तर आजको यो सरकार चलाउने दुई-तिहाई कम्युनिष्ट सरकारको उच्च-वरिष्ट शीर्ष-नेतृत्व-वर्ग र सकारको बिरोध गर्ने सरकार बाहिरका कम्युनिष्ट क्रान्तिकारीहरु एक अर्काको लागी गरिने सत्ताको भिडन्त जनताको आँखामा घाम जस्तै स्पष्ट छ।

तर २००७ सालदेखिको यो सम्पुर्ण राजनीतिक कर्मकाण्डमा सुरक्षा संगठनको भुमिका भने अचम्म र बुझ्न खोजे पनि बुझ्नै नसक्ने खालको छ । अहिले जनतको नजरमा के काँग्रेस, के कम्युनिष्ट, के पञ्चे, के मधेशी? आज यी सबका-सब, सोझा, समर्थवान, सामर्थ्यहीन, अवसरवादी-अवसरहीन गरीब नेपालीको मन-मष्तिस्कमा “ब्लाक-लिष्ट” मा परिसकेका छन् । यी सत्ता चलाउनेहरुको २००७ सालदेखि २०७५ साल सम्म नै एउटै लक्ष्य रह्यो, एउटै नारा रह्यो।

तर विगत विगत ६५ सालदेखि नेपालका जिम्मेवार आन्तरिक सुरक्षा निकायहरुले पटक पटक सरकारमा रहेको राजनीतिक पार्टिको स्वार्थको लागी कहिले सहयोगी भुमिका खेल्यो त कहिले विरोधीलाई दवाउने भुमिका खेल्यो। वास्तवमा भन्ने हो भने सुरक्षा निकायको यो प्रवृत्ति नै संगठनको लागी टाईम-बम बनेर आफूले आफैलाई हानी नोक्सानी गर्दे आयो। आजको नेपालका आन्तरिक सुरक्षा संगठनहरुले आत्म-समीक्षा गर्ने बेला भएको छ।

एक ताका एउटै मोर्चाबाट युद्ध लडेका विप्लवका सहयोद्धा वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापाले ‘विप्लवले चार कम्पनी बनाईसके’ भनेर अभिव्यक्ती दिनुले नेपाल र नेपालीको शान्तिका दिन फेरि छोटिन लागेको हो कि भन्ने आशंका पनि बढ्न थालेको छ

कलाकारले मात्र नाटकको मञ्चन हुँदैन । यो नाटकमा अहिले नायक छन् –नेपाल कम्निष्ट पार्टी नेत्र बिक्रम चन्द, “विप्लव” । नेपालको कम्युनिष्ट पार्टीले कति कति काँचुली फेरे, सुरक्षा संगठनका कति प्रमुखहरु बदलिए, तर जनताको भाग्, भविष्य र जनताको गाँस, बास र कपासको सवाल भने कहिल्यै सुल्झिएन, सुध्रिन सकेन।

नेपालमा खेलिने नाटक एउटै छ, यहाँ नेपालीको भाग्यमा “मुना-मदन” जस्तो सिर्फ दुखान्त नाटक मात्र लेखिन्छ र खेलिन्छ जस्तो छ। यो नाटकलाई जति गहिरिएर हेर्न र बुझ्न खोजिन्छ, त्यतिनै मन व्याकुल र दु:खी हुन्छ। जनतालाई अधिकार दिन, श्रीपेच लगाएका राजालाई विश्तापित गराएका नयाँ नायकहरुलाई त्यही नाटक दोहर्याउने क्रम निरन्तर जारी नै छ। यो नाटक विगत ७० वर्षदेखि नेपालमा खेलिँदै आएको छ। यहाँ परिवर्तन हुन्छन त खाली नाटकको नायक र निर्देशकहरु मात्र ।

त्यसमा पनि देशको सुरक्षा संयन्त्र र विद्रोही भनिएकाहरुको दुवैको भूमिका उस्तै छ । एक ताका एउटै मोर्चाबाट युद्ध लडेका विप्लवका सहयोद्धा वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापाले ‘विप्लवले चार कम्पनी बनाईसके’ भनेर अभिव्यक्ती दिनुले नेपाल र नेपालीको शान्तिका दिन फेरि छोटिन लागेको हो कि भन्ने आशंका पनि बढ्न थालेको छ ।

के सन् २०१५ पछिको नेपाल फेरि सन् १९९६ तिर फर्कन लागेको त होईन भन्ने आशंकाको बादल फेरि मडारिन थालेको छ।

दुई तिहाई मतसहितको शक्तिशाली सरकार भित्रको एकता र सहकार्य बन्दा नबन्दै दोहरो भिडन्तमा भनेर विप्लवमाओवादी कार्यकर्ताको मृत्यु भै सकेको छ भने नेपाल बन्द गर्ने गराउने र विप्लव माओवादीको शक्ति प्रदर्शन गराउने तैयारीमा रहेका विप्लवका योद्धाहरु घडि र समयको गति नबुझ्दा आफैंले आफुलाई सिकार बनाएको घटना सेलाएको छैन ।

आज हामी सबै नेपालीहरु राजनीतिको नाग-पाश वा लुडो खेलमा रुमल्लिरहेको जस्तो पो लाग्न थालेको छ । हाम्रा साना नानीहरुले रमाएर खेल्ने लुडो वा नाग-पाशको बोर्डमा दश-दशका तल एकदेखि माथि जम्मा १०० सम्मका अंकहरु लेखिएका छन् । ती कोष्टहरुमा कतै साना र ठुला भर्‍याङ राखिएका हुन्छन् । कतै लामो न लामो त कतै साना साना नागहरु मुख खोलेर बसेका हुन्छन्। अनि त्यहाँ जनताजस्ता राता-निला-काला मनग्य टिकाहरु हुन्छन् ।

लुडोका सर्पहरु त पारदर्शी छन तर राजनीतिमा हावी भएका लुडोका सर्पहरु भने अपारदर्शी छन्। त्यस्तै लुडोका भर्याङहरु धुप-छाँया रङका छन कहिले देखिन्छन् त कहिले देखिन्नन्

गोटी हान्नेहरु आजको राजनीतिका गोटी खेल्ने प्रवृत्तिका हुन्छन्। जब उनिहरुले गोटी फाल्दा उसको टिकाले भर्‍याङ भेट्यो भने त्यो भर्याङ जहाँ सम्म छ, उ त्यहिँ सम्म सिधै पुग्छ। तर त्यसको विपरित त्यो सए वटा कोष्टहरुमा थुप्रै लामा र छोटो शर्पपहरु पनि जोब्रो निकालेर, मुक बाएर बसिरहेका छन्। जस्को गोटी सर्पको मुख भएको कोष्टमा पुग्छ, उसलाई सर्पले निल्छ र उसलाई शर्पको पुच्छरमा झारिदिन्छ।

यहाँ एउटा कुरा विचारणीय कुरा के छ भने यो बाजी गोटी हान्ने र बोर्डमा लुटूपुटू गर्ने एकदेखि छक्का पल्टाउने गोटी सबै पुर्ण स्वतन्त्र छन् । तर आजका शान्ति-सुरक्षाका जिम्मा पाएका राता निला र बैजनी रङ्गका टिकाहरु बने भर्याङ पाएपछि माथिको नम्बरमा पुग्ने र सर्पले खाएपछि कुन कोष्टमा झर्ने, जनता र अरु को गाडी फुर्ती लगाउने, बल देखउनेहरु बने आज पुरै पुरै ने पराधिन देखिँदै छन्।

किनकी लुडोका सर्पहरु त पारदर्शी छन तर राजनीतिमा हावी भएका लुडोका सर्पहरु भने अपारदर्शी छन्। त्यस्तै लुडोका भर्याङहरु धुप-छाँया रङका छन कहिले देखिन्छन् त कहिले देखिन्नन्। यस्तो भाग्यको खेलमा युनिफर्मवालाहरु भने दिन-रात लुडो बोर्डमा जताततै छरिएर तँ-छाड र म-छाड गर्दै भर्याङको कोष्टको नजिक र नागकोष्टबाट पर पर भाग्दैमा व्यस्त देखिन्छन्।

फेरि बल सुरक्षा निकायको कोर्टमा आउनेवाला छ। यो चुनौतीलाई अवसरमा सही प्रयोग गरेर जनताको एस र स्यावासी कमाउने नेपालको सुरक्षा निकायहरुलाईआज फेरि एउटा नयाँ चुनौती र अवसर आउनेवाला छ। यसैले मलाई सँधै आफैले आफैलाई सोध्न मनलाग्छ, के यो लुडो नागपासको खेलको टिका भएर बाँच्नु पनि बाँच्नु हो ? के आजपनि हामी फगत राजनीति भन्ने खेलको लुडो त खेलिरमाई रहेका त छैनो?

लेखक थापा सुरक्षा मामिला विज्ञ तथा सशस्त्र प्रहरी बल नेपालका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्।


भर्खर

0