क्रिकेटको विकासका लागि राजनीति हाबी हुनुहुँदैन् | Khabarhub Khabarhub

क्रिकेटको विकासका लागि राजनीति हाबी हुनुहुँदैन्



काठमाडौं–‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त हुनु भएकोमा उमेश पटवाललाई बधाई दिन चाहान्छु,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमटाले शनिबार बिहानै आफ्नो फेसबुक वालमा पोष्ट गरे । उनले त्यसमै जोडेका छन्, ‘राष्ट्रिय क्रिकेट टोलीलाई आवश्यक पारेको समयमा सहयोग गर्न तयार छु ।’

शुक्रबार नेपाली टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका भारतीय मुलका उमेश पटवाललाई उनले बधाईसहित आगामि दिनमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी नवनियुक्त प्रशिक्षकसँग सम्झौता हस्ताक्षर भनेर आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय खेलकद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार बिष्ट उपस्थित नभएपछि कार्यक्रमलाई अन्र्तक्रियाका रुपमा प्रस्तुत गरियो ।

उक्त कार्यक्रममा नदेखिएका पूर्व प्रशिक्षक जगत टमटाले शनिबार बिहानै सामाजिक सञ्जालबाटै भएपनि स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनु उनको हार्दीकता कै रुपमा लिनुपर्छ ।

पछिल्लो एक वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा आफुसँगै काम गर्दै आएका पटवाल मुख्य प्रशिक्षक नियुक्त भइरहँदा आगामि दिनमा भने उनी राखेप प्रमुख प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् । त्यसो त उनी राष्ट्रिय टोलीका खेल अभ्यास नहुँदा राखेपमै काम गरिहरेका थिए ।

राष्ट्रिय टोलीबाट बाहिरिएसँगै आगामि दिनमा नेपाली क्रिकेटमै रहने बताएका उनले अब महत्वपूर्ण जिम्मेवारी पाएमात्र राष्ट्रिय टोलीमा फर्किने योजना बनाएका छन् ।

नयाँ प्रशिक्षक आएपछि उनीसँगै धेरैको मनमा लागेको प्रश्न हो, के अब उनी पुनः राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिएर टोलीमा फर्किन्छन् ? तर, पूर्व प्रशिक्षक टमटा अब सहायक प्रशिक्षकको जिम्मेवारीमा टोलीमा नफर्कने बताउँछन् । यद्यपी राष्ट्रिय महिला टोली वा सिनियर पुरुष टोलीमा ब्याटिङ वा बलिङ प्रशिक्षकको जिम्मेवारी दिए फर्किन सक्ने संकेत गरेका छन् ।

सफल प्रशिक्षक

सन् २०१५ मा तत्कालिन प्रशिक्षक क्यानडेली नागरिक पुवुदु दासनायकेको कार्यकाल समाप्त भएसँगै स्वदेश फर्किएपछि राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ(क्यान) बीचको सहमतिमा सहायक प्रशिक्षक बनेका टमटालाई आईसीसीले प्रमुख प्रशिक्षकको जिम्मा दिएको थियो ।

पछिल्लो ३ वर्ष नेपाली क्रिकेटले नयाँ उचाई चुम्यो । जुन सफलताको श्रेय जति खेलाडीलाई जान्छ त्यति नै प्रमुख प्रशिक्षक जगत टमटालाई पनि जान्छ । सन् १९९८ देखि अन्तर्राष्ट्रिय सहभागी जनाउन थालेको नेपाली त्रिकेटले सन् २०१८ मा ऐतिहासिक सफलता हात पार्‍यो । त्यो सफलता जिम्बाबेमा भएको विश्वकप क्वालिफायर खेल्दै एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएको क्षण हो ।

यो दिन नेपाली क्रिकेटका लागि ऐतिहासक हो । यो ऐतिहासिक सफलताका सारथी प्रशिक्षक टमटा नै हुन् । आफ्नो नेतृत्वको टोलीलाई सफल गराउनु र देशको नाम विश्वमा चिनाउनु नै एक प्रशिक्षकको सबैभन्दा ठूलो सफलता हो । उनलाई सफल बनाउन खेलाडी, दशर्क तथा क्रिकेटको स्तरउन्नतीका लागि जुट्ने सबै व्यक्ति लागि परे । सबैको सहयोग नपाएको भए नेपाली क्रिकेटले यति धेरै सफलता नपाउने उनी आफैं बताउँछन् ।

जब हामी राम्रोको ठाउँमा हाम्रो भन्ने सोच राख्छौ तब नतिजा फेरि हाम्रो पक्षमा आउँदैन । त्यसैले विकासका लागि जसरी पनि खेललाई राजनीतिबाट मुक्त राख्नुपर्छ

सन् १९९६ मा खेलाडीहुँदा हुँदै राखेपको सहयक प्रशिक्षकको काम गरिरहेका उनी त्यही बेला नेपाली टोलीका तर्फबाट मैदान उत्रिने अवसर पाए । उनले मलेसियामा भएको एसीसी ट्रफीमा नेपाली टोलीको प्रतिनिधित्व गरे । त्यो नै उनले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

प्रशिक्षकको परिचय बनाएका टमटाले त्यसपछि कहिलै प्रशिक्षकको भूमिकाबाट फर्किनु परेन् । झन् उनले सन् १९९८ मा भएको एसीसी ट्रफीकै लागि शुरु भएको बन्द प्रशिक्षणमा अटाए पनि उनी क्याम्पमा आएनन् ।

त्यसपछि भने उनले घरेलु मैदानमा खेलाडीको टि–सर्ट पहिरिए पनि अन्तर्राष्ट्रिय खेलकुदबाट टाढिने निर्णय गेर । तर, उनले आफ्नो प्रशिक्षणलाई निरन्तरता दिए । जसको फलस्वरुप उनले राष्ट्रिय टोलीको समेत नेतृत्व पाए । ३ वर्ष राष्ट्रिय टोलीमा बस्न पाउँन्दा आफुसँग भएको अनुभव साट्न पाएकोमा उनी असाध्यै खुसी छन् । उनी भन्छन्, ‘विगत २२ वर्षदेखि यो क्षेत्रमा रहेको मैले जिल्ला, क्षेर र पछिल्लो ३ वर्ष राष्ट्रिय टोलीको नेतृत्व पाएँ । राष्ट्रिय टोलीमा रहँदा आफुसँग भएको अनुभव सेयर गर्न पाए । आफ्नै कार्यकालमा नेपालले ओडिआई मान्यता दिलाउँन पाउँदा खुसी छु ।’

नेपाली यु–१९ टोलीलाई विश्वकप सुपर आठसम्म पुर्‍याउन सक्नु पनि उनले आफ्नो करियरको ठूलो सफलता ठानेका छन् ।

प्रशिक्षक टमटा भन्छन्, ‘पूर्व ब्याटिङ प्रशिक्षक पटवाललाई मुख्य प्रशिक्षकको भूमिका दिएको छ । खुसी लाग्छ कि यो क्रम परिवर्तन भइरहनु पर्छ । धेरै मिठो खाएपछि अपच हुन्छ । नयाँ प्रशिक्षक आएपनि खेलाडीहरुले सिक्न पाउँछन् । म आफैपनि चाहान्थे कुनै नयाँ प्रशिक्षक आओस र नेपाली टोलीलाई अगाडि बढाओस् ।’

उतार चढावमै वित्यो ३ वर्ष

क्यान निलम्बनमा हुँदा टोलीको जिम्मेवारी सम्हाल्न पुगेका प्रशिक्षक टमटाले आफ्नो कार्यकालका ३ वर्ष उतार–चढावकै बीचबाट गुज्रिएको बताए । ‘मेरो कार्यकालको ३ वर्ष उतार–चढावमै बित्यो । कुनै पनि दिन हामीले राजिखुसी आफ्नो निर्णय गर्न पाएनौं । कुनै प्रतियोगिता खेल्न जाँदा हामीले ३० जना खेलाडी छनोट गथ्यौं । तर, आईसीसीले २२ जनाको मात्रै दिन्थ्यो । हामीले क्याम्प लगाउँछौं भन्थ्यौं, त्यो समयमा भएन,’ प्रशिक्षक टमटाले भने, ‘अहिलेसम्म जे जस्तो भयो । ठिकै भयो । अब खेलाडीहरुको पनि जिम्मेवारी बढेको छ । मैले देशका लागि कति खेल्न सक्छु भन्ने सोचेर खेल्नुपर्ने बेला आएको छ ।’

खेलाडी छान्दा राजनीतिक दबाब

नेपालमा जुनसुकै क्षेत्रमा पनि राजनीति हावी हुने गरेको छ । यसको प्रभाव र दबाबले खेल क्षेत्र पनि मुक्त हुन सकेन । नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमटासँग पनि राष्ट्रिय क्रिकेट टोली छनोट गर्दा विभिन्न दलका नेताको दबाब झेल्नु परेको अनुभव छ ।

तर, टोली छनोटमा प्रशिक्षकसँगै कप्तान पारस खड्का र आईसीसी प्रतिनिधि अमानुअल इस्लाम पनि हुन्थे । तर, इस्लाम कतिपय समय टोलीको छनोटमा उनुपस्थित हुँदा कप्तान खड्का र आफु मिलेर खेलाडी छनोट गर्ने गरेको टमटाले सुनाए ।

नयाँ प्रशिक्षकले कोचिङ मात्रै होइन, उमेरसमूहका राम्रो खेलाडीहरु आएका छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ र नेपालका प्रशिक्षकहरुलाई अपडेट पनि गराउनुपर्छ

‘कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अघि हामीले खेलाडी छनोट गर्नुपथ्र्यो । जसका लागि आईसीसी अमानुअल इस्लाम, म र कप्तान छनोटमा हुन्थ्यौं । यस्तो बेलामा कतिपय राजनीतिक दलका नेताहरुले आफ्ना निकटका व्यक्तिलाई छनोटमा गरिदिन भन्दै सोर्स फोर्स पनि लगाउन खोज्थे । तर, त्यस्तो बेलामा मलाई कप्तानले साथ दिए,’ कप्तान पारसले सधै हाम्रो भन्दा पनि राम्रो खेलाडी टिममा पर्नु पर्छ भन्थे । तर, खेलाडी छनोटमा त नेपाली प्रशिक्षक भन्दा पनि विदेशी खेलाडीलाई सहज हुन्छ जस्तो लाग्छ ।’

यस्तो अवस्थामा पनि हामीले राम्रो टिम बनाउँदै नेपालका लागि राम्रो उपलब्धी हासिल गनृ सक्यौ । टमटा भन्छन् टोली छनोट गर्दा जहिले पनि सन्तुलित टिम नै बनाउन सक्यौं ।

उनले खेलको विकासका लागि राजनीति हावी हुन नहुने बताएका छन् । ‘जब हामी राम्रोको ठाउँमा हाम्रो भन्ने सोच राख्छौ तब नतिजा फेरि हाम्रो पक्षमा आउँदैन । त्यसैले विकासका लागि जसरी पनि खेललाई राजनीतिबाट मुक्त राख्नुपर्छ’

विश्वकप खेल्नु चुनौति

यतिबेला नेपाली टोलीका लागि महत्वपूर्ण चुनौति अस्ट्रेलियामा सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट हुनु नै हो । नयाँ प्रशिक्षक पटवालसामू पनि यो ठूलो चुनौति रहेको टमटाले बताए ।

‘यतिबेला नेपाललाई विश्वकपमा छनोट हुनु नै मुख्य चुनौति हो । म प्रशिक्षकबाट बाहिरिने बित्तिकै मेरो जिम्मेवारी सकियो भन्दिन । म अहिले पनि राखेपको मुख्य प्रशिक्षक नै छु । राखेप र सरकारले दिएको जिम्मेवारी इमान्दारीताका साथ काम गर्नेछु । तर, आईसीसीले जिम्मेवारी दिएको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार छु ।’

‘नयाँ प्रशिक्षकले कोचिङ मात्रै होइन, उमेरसमूहका राम्रो खेलाडीहरु आएका छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ र नेपालका प्रशिक्षकहरुलाई अपडेट पनि गराउनुपर्छ,’ उनले भने ।

पटवालको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)सँग कस्तो सम्बन्ध छ । उनले त्यहाँ राम्रो सम्बध भए नेपाली टोलीलाई भारतका माथिल्ला क्रिकेट क्लब र टोलीसँग अभ्यासको व्यवस्था पनि मिलाउनुपर्छ । जसले नेपाली खेलाडीलाई अनुभव बटुल्ने् अवसर पनि हो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : ४७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन