हतियार परीक्षणको किमद्वारा निरीक्षण | Khabarhub Khabarhub

हतियार परीक्षणको किमद्वारा निरीक्षण


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तरकोरिया– उत्तर कोरियाले हालै गरेको हतियार परीक्षणको सर्वोच्च नेता किम जोङ उनले व्यक्तिगत रुपमै निरीक्षण गरेको खुलासा भएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किम जोङ उन स्वयंले उत्तर कोरियाले हालै गरेको हतियार परीक्षणको निरीक्षण गरेको जनाएको हो ।

केसीएनएले पछिल्लो हतियार परीक्षणलाई ‘ठूलो कलिबरको लामो दुरीको मल्टिपल रकेट लन्चर’ परीक्षण भनी संज्ञा दिएको छ ।
सर्वोच्च नेता किमले राजनीतिक सार्वभौमिकताको रक्षा तथा आर्थिक स्वाबलम्बनका लागि आक्रमणका तयार रहनका लागि हतियार परीक्षण गरिएको जनाएका छन् ।

केसीएनएले सार्वजनिक गरेको तस्बीरमा देखाइएअनुसार परीक्षण गरिएको हतियार छोटो दुरीको जमिनबाट जमिनमा मार हान्न सक्ने ब्यालिष्टिक क्षेप्यास्त्र हुनसक्ने विज्ञहरुले जनाएका छन् ।

हालै उत्तर कोरियाले परीक्षण गरेको हतियारमा ठोस इन्धन रहेको र यसले ५ सय किलोमिटरको दुरीसम्म मार हान्न सक्ने भएकाले अमेरिकाले दक्षिण कोरियामा जडान गरेको थाड नामक क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले पनि यसलाई रोक्न नसक्ने दक्षिण कोरियाका क्युनगाम विश्वविद्यालय अन्तर्गत सुदूर पूर्वी अध्ययन प्रतिष्ठानका विज्ञहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र मात्र परीक्षण नगर्ने बाचा गरेकाले छोटो दुरीको रकेट परीक्षणबाट कुनै आश्चर्य नरहेको बुझिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ०९ बजे

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर