‘सानो मन’ को गीतमा आयुष्मान र शिल्पाको रोमान्स | Khabarhub Khabarhub

‘सानो मन’ को गीतमा आयुष्मान र शिल्पाको रोमान्स


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो असार २० गतेदेखि प्रदर्शन हुने  फिल्म ‘सानो मन’ को गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको गीतमा सीमा राई र सुयोग गुरुङको स्वर सुन्न सकिन्छ । गीतलाई रोमन र रवि मल्लले लेखेका हुन् ।

गीतको भिडियोमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केले अभिनय गरेका छन् । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । गुरुङको यो फिल्म डेब्यु निर्देशकीय फिल्म पनि हो । गीतको भिडियोमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

समीर सुनुवार र निर्देशक गुरुङले लेखेको फिल्मलाई राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेष्ठ र रमेश के मित्तलले निर्माण गरेका हुन् । फिल्म लभस्टोरी जनरामा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०