बलात्कारका आरोपी नेपाली अमेरिकामा पक्राउ, अष्ट्रेलियालाई सुपुर्दगी | Khabarhub Khabarhub

बलात्कारका आरोपी नेपाली अमेरिकामा पक्राउ, अष्ट्रेलियालाई सुपुर्दगी


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी-अष्ट्रेलियामा बलात्कार गरी अमेरिका भागेको आरोपमा अमेरिकामा पक्राउ परेका एक नेपालीलाई अष्ट्रेलिया सुपुर्दगी गरेको छ।  उनलाई अमेरिकाको न्यूर्योकबाट पक्राउ गरी अष्ट्रेलिया सुपुर्दगी गरिएको हो ।

सन् २०१७ को जुनमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका नेपाली युवाले क्लार्टनमा एक महिलालाई बलात्कार गरेको आरोप अष्ट्रेलिया प्रहरीले लगाएको छ ।

न्युयोर्कबाट पक्राउ परेका युवाले २१ बर्षकी युवतीलाई क्लार्टनस्थित अपार्टमेन्टमा बलात्कार गरी केही घण्टामै अमेरिका फर्किएको अष्ट्रेलिया प्रहरीले जनाएको छ ।

अष्ट्रेलियाली प्रहरीले संघीय पक्राउपुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो । उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोग लिएर लसएन्जल्स पुर्‍याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।

पक्राउ परेका उनलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ । उनलाई विना सहमति यौन सम्पर्क गरी अभद्रता प्रकट गरेको आरोप लगाईएको छ ।

नेपाली युवाले अपराध गरेको ठहर भएका त्यहाँको प्रचलित कानून अनुसार नै कारबाही हुने नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले बताए । उनलाई नेपाल सुपुर्दगी गर्ने भन्ने विषयमा अष्ट्रेलियास्थित नेपाली दूतावासले पहल गर्नुपर्ने मल्लको भनाई छ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ३२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न