नेपालमा क्रिकेट खेल्ने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने | Khabarhub Khabarhub

नेपालमा क्रिकेट खेल्ने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हुने खेलकुद प्रतियोगितामा भाग लिने विदेश खेलाडीले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परेको उजुरीमाथि सुनुवाई गर्दै सरकारले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परेको उजुरीका सम्बन्धमा यस्तो निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको निर्णयका आधारमा श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर श्रम स्वीकृति लिएर मात्रै विदेशी खेलाडीलाई नेपालमा हुने प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन भनेको हो ।

विभागले माघ ४ गते खेलकुद परिषदलाई लेखेको पत्रमा नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागिता जनाउने विदेशी खेलाडीले श्रम स्वीकृति लिएको नदेखिएकाले अवदेखि उक्त व्यवस्था अनिवार्य रुपमा लागू गराउन अनुरोध गरेको छ ।

विदेशी खेलाडीसमेत सहभागी हुने खेलकुद प्रतियोगिता र क्रिकेट लिग खेलाउने संस्थाको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लवहरुको नाम, ठेगाना समेत उपलब्ध गराउन मन्त्रालयले परिषदसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन