गृहमन्त्री भन्छन्– विदेशी शक्ति सरकार असफल बनाउन लागे « Khabarhub

गृहमन्त्री भन्छन्– विदेशी शक्ति सरकार असफल बनाउन लागे


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताएका छन् ।

दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उनले पराजित शक्तिका साथै देश टुक्र्याउने  शक्ति सक्रिय रहेको बताए ।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ”, उनले भने । उनले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्नेमा पनि जाेड दिए ।

“विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ”, उनले भने, “हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।”

मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भने, “विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ ।”

महोत्सव आज माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताए ।

ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उनले बताए । आज पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : १७ बजे

भारतसँगको सीमामा मदिरा तस्करीमा वृद्धि

महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट

साहित्यकार शर्मालाई नारी पुरस्कार तथा सम्मान प्रदान

काठमाडौँ – नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने 

हेटौँडा – बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम

मुग्लिन – इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास

छतमा लुगा उठाउन गएकी महिलाको लडेर मृत्यु

महोत्तरी – जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको