एसी मिलान क्याम्प चैतमा | Khabarhub Khabarhub

एसी मिलान क्याम्प चैतमा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एट्लान्टिक स्पोट्र्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने दोस्रो एसी मिलान फुटबल क्याम्प २०१९ चैत अन्तिम साता हुने भएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एट्लान्टिक स्पोट्स म्यानेजमेन्टले क्याम्प चैत्र २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको हो । ६ दिन चल्ने उक्त क्याम्प अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने कार्यक्रम संयोजक थम्मन भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पमा सहभागी हुने खेलाडीबारे अहिलेसम्म टुङ्गो लागि नसके पनि क्याम्पमा ७ देखि १७ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने प्राबधान रहेको आयोजकले जनाएको हो । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ५ प्रशिक्षक नेपाल आउने आयोजकले जनाएको छ ।

क्याम्पमा उत्कृष्ट हुने १ खेलाडीले इटालीको एसी मिलान फुटबल क्लबमा एक हप्ताको प्रशिक्षण गर्ने अवसर पाउने तथा एन्फाको सिफारिसमा परेको गरिब तथा जेहेन्दार एक खेलाडीले क्याम्पको लागि छात्रवृत्ति पाप्त गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०