अष्ट्रेलियामा भीषण वर्षा, २० हजार भन्दा धेरै परिवार प्रभावित | Khabarhub Khabarhub

अष्ट्रेलियामा भीषण वर्षा, २० हजार भन्दा धेरै परिवार प्रभावित


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा परेको वर्षाबाट २० हजार भन्दा धेरै मानिस प्रभावित भएको छ ।

उत्तरपूर्वी अष्ट्रलियाको क्विन्सल्याण्ड राज्यको टाउन्सभिल शहरआसपास वर्षा र वर्षासँगैको बाढीपहिरोले २० हजार भन्दा धेरै परिवार प्रभावित भएका छन् ।

बाढीले दर्जनौँ सवारी साधान तथा घर डुबाएको एएफपीले जनाएको छ । बाढीप्रभावित क्षेत्रबाट करिब ७ सयलाई उद्धार गरिएको छ । वर्षासँगैको बाढीले ११ हजार घरमा विद्युत सेवा अवरुद्ध छ ।

वर्षा नरोकिएसँगै अधिकारीले त्यस क्षेत्रमा बाढीको सतह ह्वात्तै बढ्नसक्ने चेतावनी जारी गर्दै त्यहाँका मानिसहरुलाई सुरक्षित हुन आह्वान गरेका छन् ।

टाउन्सभिल शहर आसपास आएको वर्षालाई एक शताब्दीमा एक पटक आउने वर्षाको संज्ञा दिइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका