लाखौं डलरको क्रिप्टो लगानी यसरी भयो खरानी | Khabarhub Khabarhub

लाखौं डलरको क्रिप्टो लगानी यसरी भयो खरानी


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो, क्यानडा- डिजिटल मुद्रा अर्थात् क्रिप्टोकरेन्सीमा गरिएको लाखौं लगानी एक जना संस्थापकको मृत्यु भएसँगै खरानीमा परिणत भएको छ। क्यानडेली प्लेटफर्मकोको विद्युतीय मुद्रा क्वाड्रिगाका संस्थापक जेराल्ड कटनको गत डिसेम्बरमा मृत्यु भएपछि सो प्लेटफर्ममा गरिएको लगानीबाट कुनै पनि आम्दानी नहुने भएको हो।

करिब १३ करोड ७२ लाख अमेरिकी डलर बराबरको लगानी सो प्लेटफर्ममा भएको बताइएको छ ।

क्वाड्रिगामा गरिएको लगानीका तथा अन्य विवरण अवस्थाबारे जानकारी लिन पासवर्डको जरुरी हुन्छ । सो पासवर्ड कटनसँग मात्र रहेको थियो भने अरु कसैलाई पनि यसको जानकारी थिएन ।

क्वाड्रिगाले बिटक्वाइन, लिटक्वाइन र लिथेरियमजस्ता क्रिप्टोकरेन्सीको व्यवसाय गर्दै आएको थियो ।

३० वर्षीय कटनको भारतमा एक सामाजिक काम गर्ने क्रममा नै मृत्यु भएको क्वाड्रिगाको आधिकारिक फेसबुक पेजमा गत जनवरी १४ मा एक पोस्टमार्फत जानकारी गराइएको थियो ।

क्वाड्रिगाका ३ लाख ६३ हजार प्रयोगकर्ता छन् । तर एक लाख १५ हजार प्रयोगकर्ता मात्र प्रभावित भएको बताइएको छ ।-रोयटर्स

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : ३४ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा