पुरुषभन्दा महिला बढी बाँच्ने यस्ता छन् तीन कारण | Khabarhub Khabarhub

पुरुषभन्दा महिला बढी बाँच्ने यस्ता छन् तीन कारण


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिबिसी- नेपालमा मात्र होइन संसारभर नै महिलाहरूको औसत उमेर पुरुषको भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका छन्।

यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना भएको उल्लेख छ ।

एक सय वर्षभन्दा बढी जिउने महिलाको संख्या पुरुषका तुलनामा बढी हुन्छ ।

सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३ हजार ३ सय ६४ जना थिए ।

उनीहरूमध्ये ९ हजार १ सय ६२ जना पुरुष र ४४ हजार २ सय २ जना महिला थिए ।

किन पुरुषभन्दा महिला बढी बाँच्छन् त ? उनीहरूलाई के ले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ?

प्रमुख तीन कारण यस्ता छन्:
१. जीन
मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन् । तीमध्ये स्वीडेन र फ्रान्सका क्रमश: सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन् ।
तर जापान र रुसमा बीसौं शताब्दीको मध्यपछिको तथ्याङ्क मात्रै उपलब्ध छ ।

तथ्याङ्क भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औ‍सत उमेर पुरुषहरूको भन्दा बढी छ । त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ ।

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डेभिड जेम्स भन्छन्, ‘पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन् ।’

यसको एउटा कारण चाँहि लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ ।

महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन् ।

क्रोमोजोमा जीन हुन्छ । एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ ।

बीबीसी रेडियोसँग कुरा गर्दै जेम्सले भने, ‘यदि तपाईंको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईं महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ । तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न ।’

‘पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ,’ एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले भनिन्।

२. हर्मोन
किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ ।

धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ ।

किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ। यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ ।

विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन् ।

केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए ।

तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको ‍औसत उमेर ७० वर्ष पाइएको थियो । त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो ।

धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन् ।

महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ।

महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ ।

३. पेशा र आचरण
द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ । तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ ।

धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ ।

रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन् ।

महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ।

महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन्।

हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन्।

ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ ।

इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ ।

अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्याङ्क छ ।

प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ९ : ३३ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका