ट्रकले भ्यानलाई किच्यो , २ जनाको घटनास्थलमै मृत्यु | Khabarhub Khabarhub

ट्रकले भ्यानलाई किच्यो , २ जनाको घटनास्थलमै मृत्यु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रकले भ्यानलाई किचेर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ललितपुरको नयाँबाटोमा जनक शिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोकेको भ्यानलाई किच्दा दुर्घटना भएको हो ।

आज (शुक्रबार) मध्यान्ह ना१घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने भ्यानलाई किचेको थियो । दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलेको छैन् । सवारी चाप रहेको सडकमा भएको दुर्घटनाले त्यस क्षेत्रको यातायात आवागमन समेत प्रभावित भएको छ । अहिले ट्राफिक प्रहरीले दुर्घटनाग्रस्त सवारीलाई सडक किनारमा पुर्‍याएर सवारी सुचारु गराएको छ ।

तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । कलंकी-कोटेश्वर सडक चौडा भ‍एसँगै तीव्र गतिमा सवारी साधन सञ्चालन हुँदा दुर्घटना पनि बढ्न थालेका छन्।

तस्वीर : रुम गुरुङको फेसबुक

यो पनि पढ्नुहोस्

कोटेश्वर-कलंकी सडक : हेर्न राम्रो, यात्रा जोखिमपूर्ण

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १ : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६