ट्रक र स्कुटर ठोक्किँदा टीकारामको मृत्यु | Khabarhub Khabarhub

ट्रक र स्कुटर ठोक्किँदा टीकारामको मृत्यु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

बिहीबार राति भएको दुर्घटनामा ना८ख १८४५ नंको ट्रकले लु४१प १७२७ नंको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएको थियो । भरतपुरमा उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते भएका छन् । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत गुरौको अवस्था चिन्ताजनक रहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिए।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : ०७ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान