नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका वन अधिकृतको आकस्मिक निधन | Khabarhub Khabarhub

नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका वन अधिकृतको आकस्मिक निधन


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नियमित स्वास्थ्य परीक्षण गराउन ललितपुरको मेडिसिटी अस्पताल पुगेका डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत अचलकुमार ढुंगानाको आकस्मिक निधन भएको छ ।

सामान्य असहजतापछि चेकजाँच गर्न अस्पताल पुगेका उनको अस्पतालभित्रै आकस्मिक निधन भएको हो । उनलाई वन कार्यालयकै सवारी चालक राजेश पुरीले अस्पताल पुर्‍याएका थिए । ढुंगानाले नियमित परीक्षणका लागि डाक्टरको समय भने आज (शुक्रबार)लाई लिएका थिए ।

तर शारीरिक असहजता बढेको भन्दै उनी बिहीबार नै अस्पताल पुगेका थिए । अस्पताल पुगेका उनको त्यही निधन भएको हो ।

ढुंगानालाई सामान्य रुघाखोकी लागेको भए पनि अहिलेसम्म कुनै रोग देखा नपरेको परिवार स्रोतले जानकारी दिएको छ। नेपाल रेन्जर संघका पूर्व अध्यक्ष समेत रहेका ढुंगाना विगत ६ महिनादेखि ललितपुरको वन कार्यालयमा कार्यरत थिए।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ७ : ४२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस