उपनिर्वाचनमा बदर मतको संख्यामा कमी | Khabarhub Khabarhub

उपनिर्वाचनमा बदर मतको संख्यामा कमी


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका अनुसार यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा विगत निर्वाचनको तुलनामा बदर मत सङ्ख्या न्यून देखिएको छ । मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक पोष्टर, ब्रोसर, मतदाता शिक्षा कार्यकर्तामार्फत सञ्चालन गरिएको घरदैलो कार्यक्रमका साथै विभिन्न सञ्चारमाध्यमबाट प्रेषित सूचना, सन्देशका कारण बदर मत सङ्ख्या न्यून भएको आयोगको ठम्याइ छ ।

मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको लागि विभिन्न ५२ पदको उपनिर्वाचन सम्पन्न भएको थियो । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य– एक पदको लागि मतदाता सङ्ख्या ७१ हजार ८७१ रहेकोमा ४५ हजार ५४६ जना मतदाताले मतदान गरेका थिए । जसमध्ये सदर मत सङ्ख्या ४४ हजार ९४६ र बदर मत सङ्ख्या ६०० रहेकोमा बदर मत प्रतिशत एक दशमलव ३२ रहेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ को १, बागलुङ निर्वाचन क्षेत्र नं २ को २ र दाङ निर्वाचन क्षेत्र नं ३ को २ गरी जम्मा ३ प्रदेशसभा सदस्य पदको लागि मतदाता सङ्ख्या १ लाख ४८ हजार ९१८ रहेकोमा ९८ हजार ७३४ जना मतदाताले मतदान गरेका थिए । त्यसमा सदर मत सङ्ख्या ९७ हजार ६७ र बदर मत सङ्ख्या १ हजार ६६७ रहेकोमा बदर मत प्रतिशत १ दशमलव ७१ रहेको छ ।

त्यसैगरी स्थानीय तहका सदस्यतर्फ  सुनसरीको धरान उपमहानगरपालिका प्रमुख–एक, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–एक, सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष–एक र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष–एक, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–एक र विभिन्न नगरपालिका/गाउँपालिकाका वडाअध्यक्ष ४३ गरी जम्मा ४८ पदको लागि जम्मा मतदाता सङ्ख्या २ लाख ३३ हजार ३२५ रहेकोमा १ लाख ५४ हजार ८३५ मतदाताले मतदान गरेका थिए । जसमध्ये सदर मत सङ्ख्या १ लाख ५२ हजार ४ र बदर मत सङ्ख्या २ हजार ७७० रहेकोमा बदर मत प्रतिशत २ रहेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : १२ बजे

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ,

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता