मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु | Khabarhub Khabarhub

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेनेगल– अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ ।

गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुङ्गामा कम्तीमा १५० जना यात्रु रहेको अनुमान गरिएको छ । यस डुङ्गामा महिला र बालबालिका पनि सवार थिए ।

यो डुङ्गा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटनाग्रस्त भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका एक अधिकारी लाउरा लुंगारोटीले बताए ।

उनले डुङ्गामा सवार धेरै जना समुद्रमै डुबेका र बाँच्न सफल भएकाहरु एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय शहर नौडिबाउमा आएको जानकारी दिए । कम्तीमा ८३ जना आप्रवासीहरु पौडिएर तटीय इलाकामा निस्कन सफल भएका जनाइएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

पौडिएर बाँच्न सफल भएकाहरुले आफूहरु गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताएका छन् । यस सम्बन्धमा गाम्बिया सरकारले केही बताएको छैन । हालैका वर्षहरुमा युरोप प्रवेश गर्ने लालसामा गाम्बियाका दशौं हजार नागरिक समुद्रको कठिन यात्रामा निस्कने गरेका छन् ।

अफ्रिकाको सानो मुलुक गाम्बियाबाट सन् २०१४ देखि २०१८ को बीचमा मात्र ३५ हजारभन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ ।

गाम्बियामा करिब २२ वर्ष शासन गरेका पूर्व राष्ट्रपति याह्या जम्माहको शासनकालमा मुलुकको अर्थतन्त्र चौपट भएको र युवा बेरोजगारी बढेको थियो । जनवरी २०१७ को चुनावमा पराजित भएपछि याह्या विदेशतर्फ निर्वासित भइसकेका छन् । गाम्बियाको अर्थतन्त्र मुख्य रुपमा पर्यटनमा आश्रित छ ।

युरोप प्रवेशमा कडाई गर्न थालेका युरोपेली मुलुकहरुले गाम्बियाका नागरिकलाई पनि पछिल्लो समय युरोप प्रवेशमा कडाई गरेका छन् । उनीहरुले अवैध आप्रवासीलाई पक्राउ गरी उनीहरुकै देश फर्काउन थालेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : १४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०