विदेश अध्ययन गर्ने जाने नेपाली विद्यार्थीलाई बीमामा नयाँ नियम | Khabarhub Khabarhub

विदेश अध्ययन गर्ने जाने नेपाली विद्यार्थीलाई बीमामा नयाँ नियम


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अध्ययनका लागि विदेश जाने विद्यार्थीले विदेशी बीमा कम्पनीसँग बीमा गर्दा नयाँ नियम लागु भएको छ । राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बिमामा कडाइ गर्दै नयाँ नीति ल्याएको हो ।

बीमाबाट जाने रकम धेरै भएको विभिन्न माध्यमले कमिशन बढी लिएका कारण कडाई गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा विदेशमा हुने बीमाका बारेमा सम्बन्धित बिमा कम्पनीको कागजात अनिवार्य गरेको छ ।

अब बीदेशी बीमा कम्पनीको नेपालस्थित एजेन्टमार्फत मात्रै बिमा गर्नुपर्नेछ । सोही अनुसार एजेन्टमार्फत सम्बन्धित बिमा कम्पनीको नाममा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको परिपत्रमा जनाइएको छ ।

यो व्यवस्थाले सिधै विदेशी शैक्षिक संस्थामा बिमा शुल्क ट्रान्सफर गर्न पाईदैन । यहाँस्थित शैक्षिक संस्थाले नै बिमा गरिदिने यस अघिको अबस्था अब परिवर्तन भएको छ ।
विदेशका नेपाली एजेन्टमार्फत बिमा गर्दा सस्तो पनि पर्ने र कमिसनको पैसा नेपालमै बस्ने भएकाले यो नीति लागु गरिएको राष्ट्र बैंकको भनाई छ । सम्बन्धित शैक्षिक संस्था वा सरकारी निकायको कागजातका आधारमा बिमा शुल्कबापतको सटही सुविधा दिने यसअघिको व्यवस्थालाई केन्द्रीय बैंकले संशोधन गरेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ६ : १० बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै