मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन | Khabarhub Khabarhub
Logo
१० माघ २०७६, शुक्रबार

मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन



इस्लामाबाद– पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गरेको खुलासा भएको छ ।

दुई वर्षको अवधिमा विपन्न वर्गका ६ सय २९ जना महिलालाई यसरी बेचबिखन गरिएको खुलासा भएको हो ।

समाचार संस्था ‘एसोसिएटेड प्रेस’ले मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन हुने गरेको सार्वजनिक गरेको हो ।

पाकिस्तानी अनुसन्धाताहरुले गरेको अनुसन्धानका आधारमा तस्करहरुको सञ्जालले पाकिस्ताका विपन्न र कमजोर समुदायका महिलामाथि शोषण गरेको बताइएको छ ।

२०१८ यता पक्राउ परेका महिलाहरुमाथि गरिएको अनुसन्धानका आधारमा उक्त तथ्यांक सार्वजनिक भएको हो ।


भर्खर

0