मन्त्रीसँग स्वयंसेविकाहरुको प्रश्न– हामीले भोकै काम गर्नुपर्छ भन्ने सरकारले चाहेको हो ? | Khabarhub Khabarhub

मन्त्रीसँग स्वयंसेविकाहरुको प्रश्न– हामीले भोकै काम गर्नुपर्छ भन्ने सरकारले चाहेको हो ?


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हामी स्वास्थ्य स्वयंसेविका कुनै पार्टीका होइनौं, आफ्नो विचार आफ्नै ठाउँमा हुन्छ, तर काम गर्दा हामी पार्टीको हुन चाहदैनौं, हामी पार्टीको भकुण्डो बन्न चाहदैनौं ।’

२०५२/५३ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दै आएकी काठमाडौं वडा नम्बर ७ की स्वास्थ्य स्वयंसेविका सावित्री मैनालीले गरेको गुनासो हो यो ।

बिहीबार १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा स्वयंसेविका मैनालीले स्वास्थ्य मन्त्री भानुभक्त ढलाक सामु स्वयंसेविकाको समस्याबारे खुलेर बताइन् ।

२३ वर्षदेखि स्वयंसेविकाको रुपमा सेवा गरेकी मैनालीले संघीयतापछि स्थानीय तहमा महिला स्वयंसेविकाहरुलाई राजनीतिसँग जोड्न खोजेर निकाल्ने प्रयात्न भएको गुनासो गरिन् ।

‘स्वयंसेविकाले कुनै संस्थामा आवद्ध भएर नै जीवनकोपार्जन गरीरहेका छन्, उनीहरुले अन्य काम गरेको बाहाना बनाएर, निकाल्ने प्रयास गरिएको छ,’ उनले प्रश्न गरिन्, ‘नेपाल सरकारले हामी भोकै काम गरोस् भन्ने चाहेको हो ? अहिले स्थानीय तहले आफुखुसी नियम बनाउने र विभिन्न दवाव दिएर निकाल्ने गरिएको छ ।’

उनले स्वयंसेविकाहरुका लागि बन्न लागेको निर्देशिकाबारे छलफलका लागि स्वयंसेविकालाई सहभागि नगराएको बताइन् ।

‘स्वयंसेविकाहरुको लागि नयाँ निर्देशिका बन्दै छ भन्ने सुनेको छु, तर हामीलाई सहभागि नगराइएको निर्देशिकाले हाम्रो दुःख बुझिदिन्छ र ?,’ उनले भनिन्, ‘धेरै ठाउँमा अहिले नगरपालिकाहरुले स्वयंसेविकालाई तालिम नै नदिइ काम गर्न जानेन् भन्दै वर्खात गरेको छ, हामीमाथि राजनीति गर्न खोजिको छ ।’

मैनालीले स्वास्थ्यसेवामा अहोरात्र खटिने स्वयंसेविकाहरुलाई राज्यले न्यूनतम ज्यालाको व्यवस्थापन गर्नुपर्ने माग समेत गरिन् ।
‘पाकिस्तान जस्तो देशमा पनि हामीजस्तै स्वयंसेविकालाई स्वास्थ्य कार्यकता भनेर मासिक १७ हजार ज्याला दिएको छ, बंगलादेशमा पनि ज्याला दिएको छ,’ मैनालीले भनिन्, ‘हाम्रो नेपालमा पनि ५२ हजार ४ सय स्वयंसेविकालाई बाँच्ने न्यूनतम ज्याला दिनुपर्छ भन्ने माग गर्न चाहन्छु । राज्यले बाच्ने आधार बनाइदियोस् ।’

स्वयंसेविकाहरुलाई सरकारले विपन्न नागरिकको वर्गमा राखेर औषधि उपचारका लागि निशुल्क सेवा दिने व्यवस्था गरेको प्रति असन्तुष्ट जनाउँदै मैनालीले सो सेवा स्वयंसेविकाहरुले नलिएको बताइन् ।

‘राज्यले हामीलाई सेवा सुविधा भनेर विपन्न नागरिकको क्याटोगोरीमा राखेर स्वास्थ्य सेवामा सहुलियत दिने भनेको छ, तर हामी विपन्न नागरिक होइनौं, हामी सहायक हो भनेर सेवा लिन पनि जाँदैनौं,’ मैनालीले भनिन्, ‘राज्यले सबैलाई समाजिक सुरक्षाको व्यवस्था गर्दा हामी त्यसमा परेको छैनौं, दुःख लाथ्यो, अन्यमा हामी परे¥यौ कि परेनौं थाहा छैन ।’

मैनालीको गुनासो सुनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बन्न लागेको नयाँ स्वास्थ्य नीतिमा स्वयंसेविकाको मागलाई पनि समावेस गर्ने प्रतिवद्धता जनाए ।

‘यति धेरै संख्यामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाको यो दिवसलाई वर्नेषि यो सानो बन्द कोठामा भन्दापनि देशब्यापी विस्तार गर्दै जनस्तरसम्म पु¥याउने कुरा प्रति हाम्रो स्वास्थ्य मन्त्रालयले कोठाबाट बाहिरसम्म लाने प्रयात्न गर्छ,’ मन्त्री ढकालले भने, ‘अभावहरुको बीचमा कष्टहरुको बीचमा साच्चै पवित्र स्वयं सेवकको भावनाले काम गर्दै आउनु भएको छ । यो वर्ष त नीति कार्यक्रमहरु आइसकेको छ, त्यसको कार्यान्वयमा नै हामी लाग्नेछौं, तपाईहरुका कामका अनुभवका आधारमा आगामी वर्ष बन्ने नीतिमार्फत तपाईहरुको समस्याको समाधान गर्ने कुरामा अगुवाइ मन्त्रालयको तर्फबाट गर्छु ।’

नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाले काठमाडौं भित्रका १२ जना स्वयंसेविकालाई सेवा गरे बापत सम्मान ग¥यो । सम्मान स्वरुप स्वयंसेविकाहरुलाई मायाको चिनो दिएको थियो । तर कार्यक्रममा सम्मान पाएकी एक स्वयंसेविकाले सो सम्मानको प्रमाणपत्र समते नदिएको भन्दै गुनासो गरिन् ।

‘हामीलाई आज यहाँ देशभरको १२ जना उत्कृष्ट स्वयंसेविका भन्दै सम्मान गरियो, मायाको चिनो भनेर दिनुभयो, तर प्रमाणपत्र समेत दिनुभएन,’ ती स्वयंसेविकाले भनिन्, ‘यसको अर्थ हामीलाई औपचारिकतामा मात्र सिमित गरिएको हो ।’

देश संघीयतामा जानु अघि जिल्ला जनस्वास्थ्य कार्यालय माफर्त तालिम, तीन तीन महिनामा समिक्षा कार्यक्रम लगायत हुने गरेको भएपनि स्थानीय सरकार भएपछि आफुहरुले तालिमहरु समेत नपाएको काठमाडौं महानगरपालिका १९ वडाकी जोशना शाक्यले बताइन् ।
उनले स्वयंसेविकाहरुका लागि २०६७ सालदेखि रणनीति नबनेको र स्थानीय तहमा पुरानो रणनीतिअनुसार काम गर्न असहज भएको बताइन् ।

‘संघीयतापछि स्वास्थ्य स्वयंसेविकाको नयाँ रणनीति बनाउन जरुरी छ, अहिले महानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा नीतिनै छैन, नीति नै नभएपछि त राम्रो मेयर परेभने उहाँलाई चित्त बुझ्यो भने ठिक छ नत्र स्वयंसेविका बनेर काम गर्दा पनि कुनबेला निकाल्छन् थाहा छैन ।’

हजुरआमाको पुस्तादेखि आमा हुँदै आफु समेत स्वयंसेविका बनेकी शाक्यले स्थानीय तहले जुनसुकै समयमा पनि आफुहरुलाई जिम्मेवारीबाट हटाउने दवाव दिएको गुनासो गरिन् ।

‘पहिला जसरी नै काम गरीरहेका छौं, तर अहिले चाँही हामीलाई तपाईहरु स्थानीय निकाय अन्तर्गतको पुर्नभयो, अब हामीले चाह्यौं भने हटाउन सक्छौं है भनेर थ्रेट हामीलाई आएको छ,’ शाक्यले भनिन्, ‘स्थानीय तहमा स्वयंसेविकामाथि राजनीति गरिएको छ’

स्वयंसेविकाहरुलाई राजनीतिक दहरुले आफ्नो पार्टीको सचेतनामा लगाउने मनाशाय देखाएको अर्की स्वयंसेविकाले गुनासो गरिन् ।

‘स्वयंसेविकाले भनेपछि त जनताले पनि मान्छन्, भनेर स्वास्थ्य सेवाबारे जानकारी दिने स्वयंसेविकालाई आफ्नो पार्टीको बनाउन पाए भयो भोट धेरै पाइन्छ भन्ने सोच राख्छन्,’ नाम नबताउने सर्तमा एक स्वयंसेविकाले भनिन्, ‘त्यसले गर्दा आफ्नो पार्टीमा सहमति जनाउनेलाई राख्ने र स्वतन्त्र भएर सेवा गर्न चाहनेलाई हटाउने प्रयास भइरहेको छ । तर हामी स्वतन्त्र भएर काम गर्न चाहन्छौं ।’

उनले कतिपय स्वयंसेविकाहरु राजनीतिमा लाग्ने गरेको भन्दै राजनीति नै गरेपनि पार्टीको नभइ स्वयंसेविकाकै हकहतिको लागि राजनीति गर्न सुझाव दिइन् ।

‘धेरै स्वयंसेविकाहरु वडाको उपाध्याक्ष पनि हुनुभएको छ, राजनीतिमा लागेर । म राजनीतिमा लाग्ने स्वयंसेविकाहरुलाई भन्न चाहन्छु, राजनीति गरेपनि स्वयंसेविकालाई औपचारिक बनाउन राजनीति गर्नुस्,’ उनले भनिन्, ‘स्वतन्त्र भएर सेवा गर्ने स्वयंसेविकालाई स्वतन्त्र भएरै सेवा गर्ने वातावरण बनाइदिनुस् ।’

नेपालमा हाल ५२ हजार ४ सय २३ जना स्वास्थ्य स्वयंसेविकाहरु रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमूख रोशनी लक्ष्मी तुइतुईले बताइन् ।

उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरूले आर्थिक वर्ष २०७४/७५ मा १ लाख २६ हजार ३ सय २९ संक्रमित बच्चाहरूलाई कोट्रिम मार्फत उपचार गरेका थिए ।

यस्तै स्वयंसेविकाहरूले राष्ट्रिय खोप दिवसको अवसरमा ५ वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाउन सहायताप्रदान, स्वासप्रश्वास सङ्क्रमण, झाडापखाला, पोषण र अन्य जन स्वास्थका गतिविधिहरूमा समुदायमा आधारित व्यवस्थापन र उपचारका कामहरुमा सहयोग गरेको महाशाखाकी प्रमूख तुइतुईको भनाइ छ ।

आ.व. २०७४/७५ मामहिला स्वास्थ्य स्वयंसेविकाहरूले ९७ हजार ५ सय ५० सुत्केरीलाई मायाको अंगालो कार्यक्रम सुरु गरेको र ९३ हजार ४ सय ७७ शिुशलाई लाई नाभी मलम लगाउन सघाए भने २३ हजार ३ सय २० जनालाई सुत्केरी पश्चात रक्तश्राव रोक्न मिसोप्रोस्टल चक्कीवितरण गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : ५८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई