दुईवटा स्वर्ण जितेकी निमाको पूरा नभएको सपना | Khabarhub Khabarhub

दुईवटा स्वर्ण जितेकी निमाको पूरा नभएको सपना



काठमाडौं – बिहीबार उसुकी निमा घर्ती मगर उसुको थाउलो नान्छुन अलराउण्डको फाइनल राउण्डको प्रदर्शन गरिरहेकी थिइन् ।

उनको खेल हेर्न बालकुमारीबाट उनका बुबा मनसुर घर्ती मगर, आमा पुना घर्ती मगरसहित निमाका दाजु भाइहरु लगनखेलस्थित आर्मी कभर्ड हलमा उपस्थित थिए ।

निमा आफ्नो प्रदर्शनका लागि म्याटमा उत्रिदै थिइन् । म्याटको अगाडि पट्टी रहेका उनका आमा बुबाको मनमा अनेकन कुरा खेलिरहेका थिए ।

अघिल्लो दिनको राम्रो प्रदर्शन देखेर खेल हेर्न आएका निमाका बुबाआमा बेलाबेला झस्किए । भन्छन्,‘कुनै कुनै बेला अलि डर लागिरहेको थियो । तर, हिजोको खेलले आज उसले स्वर्ण जित्छ भन्नेमा विश्वस्त थिएँ ।’

छोरीले स्वर्ण जितेर देशले राखेको लक्ष्यको सारथी बनेकोमा खुसी देखिएका निमाका बुबा मनसुरले हाँस्दै भने भने,‘मलाई विश्वास थियो । छोरीले सरकारले राखेको स्वर्ण जित्ने लक्ष्यमा साथ दिन्छे भन्नेकुुरा । मेरो खुसीको सीमा नै छैन’

निमाले लगातार दोस्रो स्वर्ण जित्दै आगामी संस्करणमा ह्याट्रिक गर्ने लक्ष्य राखेकी छन् । उनी अझै आफ्नो खेलमा निखार ल्याउने योजना छिन् ।

पछिल्लो समय वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुँदा आफूले अन्तर्राष्ट्रिय अनुभव बटुल्न पाएको निमा बताउँछिन् ।

१२ औं सागमा नेपालका लागि उसुकी निमा घर्ती मगर, पुरुष फुटबल टिम र जुडोकी फुपु ल्यामु खत्रीले मात्रै स्वर्ण जितेका थिए ।

निमा लगातार दोस्रो स्वर्ण जित्ने खेलाडी बनेकी छन् । कलिलो उमेरकी उनी आफ्नो स्वर्णले अझै मेहनत गर्न हौसाउने बताउँछिन् ।

‘स्वर्ण जित्दा एकदमै खुसी लागेको छ । एकदम मेहनत छ । सबै सयम यसैमा लगाएकी छु,’ दोहोरो स्वर्णधारी निमाले भनिन्,‘विपक्षी खेलाडीहरु पनि राम्रै थिए । तर, मलाई फाइनलमा भारतसँग खेल्ने मन थियो । उनीहरु आएनन् ।’

१३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले बंगलादेशकी मोर्जीना अख्तरलाई पराजित गरेकी थिइन् ।

१२ औंको सागमा कम अनुभवमै स्वर्ण जितेकी निमा अहिले आफ्नो अनुभव पनि बढेको बताउँछिन् ।

‘३ बर्ष अगाडि सानै थिए । सबैकुरा बुझ्ने भइसकेकि थिइन् । अहिले बुझ्ने भएकी छु । पहिलोको भन्दा यसपालि धेरै राम्रो नम्बरले जितेकी छु । खेलमा सुधार भएको छ,’ निमाले भनिन्,‘धेरै राम्रो भइरहेको छ । देशलाई स्वर्ण जिताउन मैले पनि सहयोग गर्न सकेकोमा खुसी छु।’

छोरा छोरीको सफलतामा हरेक बुबाआमाको खुसी जोडिएको हुन्छ । उनीहरुको त्याग जोडिएको हुन्छ । निमाका बुबा आमाको त्याग र खुसी दुवै बनेकि निमाले स्वर्ण जित्दा बुबाआमाको मुहारमा देखिएको खुसी सम्झिइन् ।

‘घरेल मैदानमा खेल भएको हुँदा बुबाआमा पनि खेल हेर्न आउनु भएको थियो । उहाँहरुको अनुहारमा खुसी देख्दा छुट्टै आनन्द मिल्यो,’ निमाले भनिन् ।

सुरुमा खेल नै चिनेको थिइन्

निमाले खेल जिवनको सुरुआत जुडोबाट गरेकि थिइन् । तर, उनका बुबाले जुडो खेल बुझेका थिएनन् । निमाले खेलमा लाग्ने योजना बनाएपछि मसँग सल्लाह लिएकी थिइन् ।

मैले हुन्छ भने । तर, पछि उसले नजिकैको उसु क्लबमा भर्ना हुने योजना सुनाइन् । तर, पनि छोरीलाई खेलकुदमा लगाइदिए ।
उनले खेलकुदमा लाग्दा स्वस्थ भइन्छ भन्ने मात्रै बुझेका थिए । तर, निमाले देशका लागि यसरी लगातार दुई स्वर्ण जित्छीन् भन्ने उनले कहिलै सोचेका थिएनन् ।

त्यतिमात्रै होइन, सुरुआत उनले निमाले ‘फाइटिङ’ खेल खेल्छीन् भन्ने पनि थाहा पाएका थिएनन् । जब उनले छोरी फाइटिङ खेलमा सहभागी छ भन्ने थाहा पाए त्यसपछि उनले सधै निमालाई हिम्मत दिइ रहे ।

‘सुरुमा त मलाई यो थाहा थिएन् । जुडोबाट खेल सुरु गरिन् । फाइटिङ खेल भन्ने थाहा पाए । तर, पनि मैले उसलाई हरेक चुनौतिको सामना गर्न सुझाव दिए,’ गाडी चलाएर गुजारा गर्ने निमाका बुबा मनसुरले भने,‘जोखिम नभए के खेल !’

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १२ : ५५ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप