नेटो साझेदारकै नेताहरुले ट्रम्पको खिल्ली उडाएपछि... | Khabarhub Khabarhub

नेटो साझेदारकै नेताहरुले ट्रम्पको खिल्ली उडाएपछि…


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को ७० औं वार्षिक बैठक सकिएको छ ।२९ सदस्य राष्ट्र भएको नेटोको बैठकपछिको एक भिडियो भने अहिले चर्चामा रहेको छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा काटिएको उक्त भिडियो सार्वजनिक भएसँगै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले यसबारेको समाचार प्रकाशन गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, ब्रिटिश प्रधानमन्त्री बोरिस जन्सन तथा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच कुराकानी भइरहेको देखिन्छ।

बकिङ्घम दरबारमा आयोजित कार्यक्रमका बेला अचानक आयोजना भएको प्रेस सम्मेलन ४० मिनेटसम्म तन्काएको कारण अन्य कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रुडोले ट्रम्पबारे ठट्टा गरेको बताइएको छ ।

ट्रुडुले अन्य मानिसहरू ढिलो हुनुको कारण ट्रम्पले सो पत्रकार सम्मेलनमा धेरै बोल्नु रहेको बताएको सुनिएको थियो।

पछि उनले राष्ट्रपति ट्रम्पको टोली कसरी हैरान भयो भनेका थिए। तर त्यसको सन्दर्भ भने स्पष्ट छैन। उनले त्यस्तो कुराकानी ब्रिटिश, फ्रेन्च र डच नेताहरू अनि राजकुमारी एनीमाझ गरेका थिए। जुन सुनेपछि ती सबै हाँसेका थिए।

ट्रम्पले बैठकपछिको संयुक्त पत्रकार सम्मेलन छोडेर हिँडेका थिए ।

लण्डनमा भएको नेटोको बैठकका बेला अन्य नेताहरूसँगको भेटघाटमा क्यानाडाका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिबारे ठट्टा गरेको भिडिओ प्रकाशमा आएलगत्तै डोनल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘द्वैध चरित्र’को भनिदिएका छन् ।

ट्रम्पले भने: “उनी द्वैध चरित्रका छन्…. मैले उनलाई असल व्यक्ति नै पाएको छु, तर यथार्थ के हो भने मैले उनले रक्षा मामिलालाई दिनुपर्ने २% (राष्ट्रिय जीडीपीको अनुपात) को विषय बताएको थिएँ। शायद त्यसले उनी खुसी थिएनन्।”

पछि पत्रकारहरूसँग बोल्दै ट्रुडोले आफूहरू ट्रम्पको प्रेस सम्मेलनलाई लिएर नहाँसेको बरु ‘जी सेभेन’ समूहको अर्को बैठकस्थललाई लिएर हाँसेको बताए। त्यो बैठक अमेरिकी राष्ट्रपतिको बिदा मनाउने स्थल क्याम्प डेभिडमा हुँदैछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ११ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको