सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था | Khabarhub Khabarhub

सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ ।

विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ।

सहाराविहीन १३ विद्यार्थीलाई विद्यालायमा राखे पनि विद्यालयमा छात्रावास भने छैन । तर, विद्यालय भवनलाई नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ । सहाराविहीन भएकै कारण शिक्षाबाट बञ्चित नहुन् भनेर विद्यालयमै राखेर पढाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए ।

बुबाआमा नभएका एवं बुबा र आमामध्ये एक नभएका विद्यार्थी नियमित पठनपाठनबाट बञ्जित भएपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालयमै बसेर पढ्ने व्यवस्था गरेको अध्यक्ष समालको भनाइ छ ।

केही विद्यार्थी नियमित पढ्न आउन नसक्ने भएपछि सोधखोज गरेर उनीहरुलाई विद्यालयमै राखेर पढाउन थालिएको प्रधानाध्यापक कृष्ण गौतमले बताए ।

उनका अनुसार कम्तीमा २० जति विद्यार्थीलाई आवासीय सुविधा दिएर पठनपाठन गराउने विद्यालयको उद्देश्यअनुसार सहाराविहीन बालबालिकालाई निःशुल्क पढाउन शुरु गरिएको छ ।

प्रतिविद्यार्थी मासिक २ हजार रुपैयाँ तिर्ने गरी खाना खुवाउने व्यक्तिसँग विद्यालयले सम्झौता गरेको छ । हाल विद्यालयको आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गरिए पनि केही निकायसँग सहयोगका लागि पनि सरसल्लाह भइरहेको प्रधानाध्यापक गौतमले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ०८ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्