सागको साइक्लिङका लागि कलंकीदेखि सूर्यविनायकसम्मको बाटो बन्द हुने | Khabarhub Khabarhub

सागको साइक्लिङका लागि कलंकीदेखि सूर्यविनायकसम्मको बाटो बन्द हुने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा १३ औँ साग खेलकुदका कारण उपत्यकामा केहि सवारी रुट दुई दिन बन्द हुने भएका छन् ।

ट्राफिक प्रहरीले एक सूचना जारी गर्दै २ दिन सवारी व्यवस्थापन गर्न र बैकल्पिक मार्ग खोज्न पनि आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार र शनिबार कलंकीदेखि सूर्यविनायकसम्मको सडकमा वैकल्पिक मार्ग खोज्न आग्रह गरेको हो ।

सागअन्तर्गत हुने साइक्लिङका कारण शुक्रबार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वर र शनिबार कोटेश्वरदेखि सूर्यविनायकसम्म सवारी नचलाउने आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले अत्यावश्यक सवारी साधनको सञ्चालनमा भने रोक लगाएको छैन । २ दिन दायाँ–बायाँको सर्भिस लेनमा मात्रै सवारी चलाउन आग्रह गरेको हो । ट्रफिक प्रहरीले शनिबार जागतीतर्फ जाने सवारीलाई भने पेप्सिकोलातर्फबाट जान आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : १८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०